काठमाडौ, माघ ।
अर्थमन्त्री कृष्णबहादुर महराले बैंकहरुलाई उत्पादन क्षेत्रलाई प्राथमिकता दिएर कर्जा प्रवाह गर्न निर्देशन दिएका छन् । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५२ औं वार्षिकोत्सव समारोहलाई सम्वोधन गर्दै मन्त्री महराले अहिले पनि बढी कर्जा प्रवाह अनुत्पादक क्षेत्रमा रहेको भन्दै उत्पादन क्षेत्रलाई प्राथमिकतामा राखेर कर्जा प्रवाह गर्न निर्देशन दिएका हुन् ।
अर्थमन्त्री महराले बैंक तथा वित्तिय संस्थाहरु शहर केन्द्रित मात्र भए ग्रामीण जनता बैंकिङ सेवावाट विमुख हुने भन्दै ग्रामीण क्षेत्रमा पनि सेवा प्रवाह गर्न बैंक तथा वित्तिय संस्थाहरुलाई आग्रह गरे । उनले राष्ट्रिय वाणिज्य बैंक र एनआईडिसी बैंकबीच मर्जरको प्रक्रिया अगाडी बढीसकेको जानकारी समेत दिए ।
समारोहमा नेपाल राष्ट्र बैंककमा गभर्नर डा.चिरञ्जीवी नेपालले कुनैपनि बैक तथा वित्तिय संस्थाले जनताको निक्षेप गलत ठाँउमा प्रवाह गर्न नपाउने भन्दै गलत कर्जा प्रवाह रोक्न राष्ट्र बैंकले छिट्टै कडा निर्देशिका ल्याउने चेतावनी दिए । उनले बैंक संचालकहरुले व्यक्तिगत नाफाको लागि खराव कर्जा प्रभाव गर्न दवाव दिईरहेको भन्दै आइन्दा त्येसो नगर्न चेतावनी दिए ।
वि.स.२०२२ साल माघ १० गते स्थापना भएको वाणिज्य बैंकको हाल चुक्ता पूूँजी ८ अर्ब ५८ करोड रहेको छ । बैंकले हाल कर्पोरेट ब्रान्च समेत गरी देशभरमा १७१ शाखा,८६ बटा एटीएम,१६ ओटा एक्टेन्सन काउन्टरबाटकारोवार गरिरहेको छ । आर्थिक बर्षको पहिलो त्रयमासिमा बैंकले ५० करोड खुद नाफा आर्जन गरेको छ । सोहि अबधिमा ८५ अर्ब ९९ करोड कर्जा लगानी गरेको प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जानकारी दिए ।

0 Comments