Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, पुस । निश्चल बस्नेत निर्देशित चलचित्र ‘लुट २’को ट्रेलर रिलिज गरिएको छ । काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै यो बर्षको प्रतिक्षित चलचित्रको ट्रेलर रिलिज गरिएको हो । ४ बर्ष अगाडि रिलिज भएको ‘लुट’ले नेपाली चलचित्रको धार नै परिवर्तन गरिदिएको थियो ।
निर्माता माधव वाग्ले यसपटक चलचित्रको व्यापारमा बढि केन्द्रित देखिएका छन् । वाग्लेका अनुसार यसपटक पनि चलचित्रको कथा दौडधुपमै छ । यसपटक, ‘हाकु काले’लाई खोज्दै जेलबाट निस्किएका यूवाहरुको कथामा चलचित्र बनेको छ । ‘लुट’ले वैंक लुट्न ‘हाकु’ कालेले प्रयोग गरेका यूवाहरुको कथालाई बुनेको थियो ।

सार्वजनिक ट्रेलरमा ‘हाकु काले’ अर्थात सौगात मल्ल फोकसमा छन् । उनको साथमा दयाहाङ राई, कर्मा लगायतका कलाकार ट्रेलरमा हाबी छन् । यो चलचित्रमा सौगात, दयाको साथमा कर्मा, ऋचा शर्मा, विपिन कार्की, कामेश्वर चौरासिया, सृजना सुब्बा, सुशिलराज पाण्डे, एलिसा राई लगायतका कलाकारको मुख्य भूमिका छ ।

निर्देशक बस्नेतले भने–‘यसपटक दुई अर्थ लाग्ने शब्द केहि कम भएका छन्, तर हुँदै नभएका भने होइनन् । यसपटक सेन्सरमा यस्ता सबै शब्द म्यूट गरेर एडल्ट सर्टिफिकेट लिएर आउने पक्षमा म छैन ।’ कार्यक्रममा उपस्थित मोडल एलिसा राइले आफू चलचित्रमा बार डान्सरको भूमिकामा देखिएको बताइन् । नायक दयाहाङ राइको अपोजिटभमा आफू देखिएको उनको भनाई थियो । फागूण १३ गतेबाट चलचित्र प्रदर्शनमा आउनेछ ।

हर्नाेस  भिडियाे यस्ताे छ ः 

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply