Ticker

6/recent/ticker-posts

राष्ट्रपतिको रुपमा ओबामाको अन्तिम सम्बोधनःके–के भने बिदाई सम्बोधनमा ?

सिकागो,पुस ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिका अहिले बलियो र थप एकीकृत बनेको दावी गरेका छन् । राष्ट्रपतिका रुपमा अन्तिम औपचारिक सम्बोधन (विदाई सम्बोधन) मा राष्ट्रपति ओबामाले अमेरिका ८ वर्षअघि आफूले नेतृत्व सम्हाल्नुपूर्व भन्दा अहिले सबै हिसाबले बलियो भएको दावी गरे ।
पहिले विभाजित अवस्थामा रहेका विभिन्न क्षेत्र, वर्ग तथा समुदायका अमेरिकीले एकअर्काको विषयमा सोच्न थालेको ओबामाको भनाई छ । सिकागोमा भएको कार्यक्रममा ओबामाले भनेः‘हामीले सबैको कुरा सुन्नु पर्छ र चासो पनि दिनुपर्छ ।’
सन् २००८ मा पहिलो पटक निर्वाचित भएका ओबामा आधुनिक अमेरिकाको पहिलो अश्वेत राष्ट्रपति हुन् । गएको नोभेम्बरमा भएको चुनावमा विजयी भएका डोनाल्ड ट्रम्पले जनवरी २० मा जिम्मेवारी सम्हाल्दै छन् ।
सत्ताको शान्तिपूर्ण हस्तान्तरण अमेरिकी प्रजातन्त्रको सुन्दरता रहेको ओबामाको भनाई छ । अमेरिकी प्रजातन्त्रले भावनाबिना काम नगर्ने भएकाले त्यसलाई ख्याल गर्न ओबामाले नवनियुक्त राष्ट्रपति ट्रम्पसँग आग्रह गरे ।

Post a Comment

0 Comments