Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, २१ पुस । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आफूलाई स्पष्टीकरण सोध्नुपर्ने कारण र आधार नभएको जवाफ सरकारलाई दिएका छन् । कानुनले तोकेको दायरा नाघेर कुनै काम नगरेको जिकिर पनि उनले गरेका छन् । प्रमुख कार्यकारी अधिकृतका रुपमा मैले सम्पादन गरी आएको भूमिकालाई सन्तोषजनक नरहेको भन्ने कुनै पनि आधार कारण र अवस्थाले मिल्ने देखिदैन ।’
सरकारको प्रश्न, सिइओका जवाफ 
प्रश्नः पुनर्निमार्णसँग सम्बन्धित निकायबीच समन्वय गर्न किन सक्नुभएन ? 
समन्वयात्मक रुपमा भूमिका निर्वाह गरेको तथ्य विश्व बैंक, जाइका, डिएफआइडी, युएसएआइडी, स्वीस डेभलपमेन्ट नियोगलगायतका प्रमुख दातृ निकायहरुले प्राधिकरणको काम सन्तोषजनक रहेको भनी उल्लेख गरिसकेका छन् । 
कर्मचारीलाई उपयुक्त ढंगले परिचालन गर्न किन सक्नुभएन ? 
थप कर्मचारी उपलब्ध गराउन सामान्य प्रशासनमन्त्रीज्यू एवं सचिवहरुज्यूसँग् पटक–पटक भेट गरी विभिन्न चरणमा छलफल गरी अनुरोध गरे पनि आवश्यकताअनुसार कर्मचारी उपलब्धता नभएकाले यसको दोष लगाउन मिल्दैन । 
निदेर्शक समितिको निर्णय किन कार्यान्वयन गर्नुभएन ? 
निर्देशक समितिबाट प्राधिकरणले गुर्नपर्ने भनिएको निर्णयहरु कार्यान्वयन भइ परिणाम देखिएको कारणले नै प्राधिकरणबाट भएको कार्य सन्तोषजनक रहको भन्ने १० असोज ०७३ गतेको सम्माननीय प्रधानमन्त्रीज्यूको अध्यक्षतामा रहेको निर्देशक समितिबाट निर्णय भएको हुँदा प्रस्तुत स्पष्टीकरणमा उल्ल्ेखित व्यहोरा स्वतः खण्डित हुन्छ । 
भूकम्पपीडितलाई आवास अनुदान उपलब्ध गराउन किन सक्नुभएन ? 
सम्माननीय प्रधानमन्त्रीज्यूको निर्देशनअनुसार ४५ दिने अनुदान वितरण अभियान सफलतापूर्वक सञ्चालन गर्दै पाँच लाख ३१ हजार लाभग्राहीमध्ये जम्मा चार लाख ७७ हजार लाभग्राहीसँग अनुदान सम्झौता गरिएको । यस कार्यलाई निर्देशक समितिको १० असोज ०७३ को बसेको बैठकले अनुदान सम्झौता तथा अनुदान वितरणका क्रममा देखापरेका विभिन्न प्रतिकूलताका बाबजुद प्राधिकरणको संयोजनमा सम्बद्ध मन्त्रालय तथा कार्यान्वयन निकायद्वारा भएको कार्यप्रगति अवस्था सन्तोषजनक रहेको भनी उल्लेख भएकै छ । 
नयाँ पत्रिकामा समाचार छ । 

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply