Ticker

6/recent/ticker-posts

फ्रान्सेली युवती आइरिस मित्तेराँ बनिन् यस वर्षकी मिस युनिभर्स

मनिला,माघ ।
यस वर्ष फिलिपिन्सको राजधानी मनिलामा आयोजित ६५ औं मिस युनिभर्स प्रतियोगीतामा फ्रान्सकी युवती आइरिस मित्तेराँ विजयी भएकी छन्। प्रतियोगीतामा विश्वका ८६ देशका सुन्दरीहरु सहभागी थिए।
दन्त चिकित्सा विषयमा फ्रान्समा अध्ययनरत २३ वर्षीया विद्यार्थी तथा मोडेल मित्तेराँले ८५ जना सुन्दरी प्रतिद्वन्द्वीहरुलाई पछि पार्दै सन् २०१७ को मिस युनिभर्स उपाधि हात पार्न सफल भएकी हुन्।
राजधानी मनिलाको एसिया एरिना मलमा आयोजित उक्त प्रतियोगिताको अन्तिम दिन उनलाई गत वर्षकी विश्व सुन्दरी, फिलिपिन्सकै पिया उर्जब्याचले मिस युनिभर्सको शिर ताज पहिर्याइन्।
उत्तरी फ्रान्सको एउटा सानो नगर–लिली निवासी सुन्दरी मित्तेराँले आयोजकका तर्फबाट स्टिभ हार्भेले सोधेका एक सामान्य प्रश्नको उत्तरमा यस प्रतियोगितामा आफू प्रथम वा द्वितीय वा तृतीय जुनसुकै स्थानमा पर्न पाए पनि खुसी हुने बताएकी थिइन् । तर उनकै पोल्टामा प्रथम स्थान पर्यो ।
सो प्रतियोगितामा हाइटीकी पच्चीस वर्षीया सुन्दरी राकेल पेलिसियर पहिलो रनरअप र कोलम्बियाकी तेइस वर्षीया सुन्दरी एन्ड्रिया टोभार दोस्रो रनरअप भए। द्वितीय स्थानमा रहन सफल सुन्दरी राकेलको गृह नगर सन् २०१० मा हाइटीमा आएको महाभूकम्पमा परेर ध्वस्त भएता पनि उनी जीवित रहन सफल रहेकी थिइन् ।

Post a Comment

0 Comments