Ticker

6/recent/ticker-posts

आफ्नै हर्कतले यी महिलाको बाँकी जीवन जेलमा

काठमाडौं, माघ । तपाईले पुरुषले महिलालाई बलत्कार गरेको घटना त बारम्बार सुन्नस भएकै होला । तर अब महिलाले पनि पुरुषलाई बलत्कार गर्न थाले ।

अमेरिकाको मिचिगनमा भएको एउटा घटनामा १७ वर्षकी किशोरीले आफूभन्दा जेठो पुरुषलाई चक्कु देखाएर बलत्कार गरेकी छन् । बलत्कारी लेस्टिना मारी स्मिथलाई प्रहरीले पक्राउ गरेको छ र उनले बाँकी जीवन जेल भित्र बिताउनुपर्ने हुन सक्छ । उनीमाथि पहिलो डिग्रीको यौनजन्य महापराध गरेको अभियोग लगाइएको छ ।

अमेरिकामा सबैभन्दा गम्भीर अपराधलाई पहिलो डिग्रीभित्र राखिन्छ र उनीहरुले सबैभन्दा कठोर सजाय भोग्नुपर्छ । गत ११ जनवरीका दिन लेस्टिनाले सागिनउ टाउनसिपमा एक १९ वर्षका पुरुषमाथि बलत्कार गरेकी थिइन् । यौनजन्य विषय भएकाले पीडित पुरुषको नाम गोप्य राखिएको छ ।

प्रहरीका अनुसार लेस्टिनाले चक्कु देखाएर आफूसँग मुखमैथुन र सम्भोग गर्न पुरुषलाई बाध्य पारेकी थिइन् । लेस्टिनालाई हतकडीबिना सागिनउ काउन्टी जेलमा राखिएको छ । उनलाई ३ फेब्रुअरीमा सम्भावित सुनवाईका लागि अदालतमा उपस्थित गराइने छ ।

 उनीमाथिको पहिलो डिग्रीको महाअपराध प्रमाणित भएमा बाँकी बाँकी जीवन उनले जेलभित्रै कटाउनुपर्ने हुन्छ ।

Post a Comment

0 Comments