Ticker

6/recent/ticker-posts

बलिउडका चर्चित नायक अक्षयकुमारमाथी किन गरियो यस्तो आक्रमण...?

मुम्बई,माघ ।
बलिउडका चर्चित नायक अक्षयकुमारको क्यानाडेली नागरिकतालाई लिएर बलिउडका अभिनेता कमल रसिद खानले ट्वीटरमा खरो टिप्पणी गरेका छन् । उनले एकपछि अर्को ट्वीट गर्दै अक्षयलाई भारतप्रति देशभक्ति देखाउने अधिकार नभएको समेत टिप्पणी गरेका छन् ।
अक्षयकुमारले भारतीय नागरिकता त्यागेर क्यानाडाको नागरिकता लिएको विषयमा हालै एक सञ्चारमाध्यममा समाचार आएको थियो । त्यसैलाई उद्धृत गर्दै उनले अक्षयमाथि हमला गरेका हुन् ।
अक्षयकुमारले केही दिनअघि सामाजिक सञ्जालमा एउटा भिडियो सन्देश पोष्ट गरेका थिए जसको अन्त्यमा जय हिन्द भनेका थिए । त्यसमाथि टिप्पणी गर्दै खानले लेखेका छन्ः‘यदि अक्षयकुमार भारतीय नागरिक होइनन् भने उनी किन जय हिन्द भन्छन् ? के उनलाई यसको अर्थ थाहा छैन ?
केही बेरपछि अर्को ट्वीट गर्दै उनले लेखेः‘ यदि सलमान, अमिर र शाहरुखले क्यानाडाको नागरिकता लिएको भए उनीहरु देशद्रोही कहलाउँथे । तर अक्षय सबैभन्दा ठूला देशभक्त भएका छन् ।’
त्यसपछि उनी लेख्छन्ः‘सोनिया गान्धिले भारतीय नागरिक हुनलाई इटालीयन नागरिकता त्यागिन । अक्षयकुमारले क्यानाडेली नागरिक हुन भारतीय नागरिकता त्यागे ।’
खानले एकोहोरो ट्वीटरमा अक्षयमाथी आक्रमण गरेपनि यो समाचार तयार पार्दासम्म अक्षयकुमारको भने प्रतिक्रिया आएको छैन् ।

Post a Comment

0 Comments