Ticker

6/recent/ticker-posts

४ करोड ७१ लाख त नेपाली रुपैयाँ नै समातियाे,...

लाखौं अवैध रुपैयाँसहित एक नेपालीसहित तीन विदेशी पक्राउ

काठमाडौं, २ माघ । प्रहरीले लाखौं अवैध विदेशी मुद्रा सहित  चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा एक नेपाली सहित तीन चिनियाँ नागरिक रहेका छन्।

 महानगरीय अपराध महाशाखाबाट खटिएका प्रहरीले सवारी चालक पेम्बा तामाङसहित चिनियाँ नागरिकहरु चाङ तोङ फाङ, चौ स्‍लियन, चाउ लियाङ फङलाई काठमाडौंको नागढुङ्गाबाट पक्राउ गरेको हो। उनीहरुबाट ठूलो परिमाणमा अमेरीकी डलर, युरो लगायत विभिन्न देशका मुद्राहरु बरामत गरिएको छ।

राजश्व छली गरी अवैध रुपमा मुद्रा ओसार पसार तथा कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। नागढुंगामा शंकास्पद सवारी साधनहरु चेकजाँच गर्ने क्रममा बा.१ य १२३२ नम्बरको स्कर्पियो गाडीमा खानतलासी गर्दा हेण्ड ब्याग तथा सुटकेशमा लुकाएर ल्याएको करिब २ लाख ७४ हजार अमेरिकी डलर प्रहरीले बरामत गरेको छ।

त्यस्तै १ लाख २८ हजार युरो, ४ हजार ६ सय ५० अष्ट्रेलियन डलर, ४हजार ६सय ५० रुपैयाँ क्यानेडियन डलर, २हजार ५सय रुपैयाँ जापानी येन २२ लाख चिनियाँ युयान, ३ हजार १ सय ७२ रुपैयाँ स्वीस फ्रयांक र २ हजार हङकङ डलर बरामत भएको छ।

त्यस्तै उनीहरुबाट नेपाली ४ करोड ७१ लाख १३ हजार ७ सय रुपैयाँ समेत प्रहरीले बरामत गरेको छ। उनीहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको महानगरीय अपराध महाशाखाले जनाएको छ।

Post a Comment

0 Comments