काठमाडौ,माघ ।
कानुनले बर्जित गरेको बालविवाह बिरुद्ध परेको उजुरी प्रहरीले दर्ता गर्न नमान्ने गरेको एक अध्ययनले देखाएको छ । गाउँघर,दुरदराजका मुद्धा त परै जाओस देशका मुख्य शहरमा समेत पर्ने गरेको बालविवाह सम्वन्धि उजुरीहरुलाई समेत प्रहरीले दर्ता गर्न नमान्ने प्रवृत्ति उजै पनि उत्तिै रहेको अध्ययनले देखाएको छ । त्यसो त कानुनले बालविवाह बर्जित गरेपनि नेपालमा ४१ प्रतिशत बालविवाह हुने गरेको छ । बालविवाह अपराध भएपनि यसमा उजुरी नै गर्ने गरेका छैनन् ।
नेपाल परिवार नियोजन संघले सोमबार ललितपुरमा गरेको कार्यक्रममा बरिष्ठ अधिवक्ता मिरा ढुङ्गानाले बालविवाहका कारण महिला हिंशा बढेको बताईन् । २०५३ देखि २०७१सालसम्म अर्थात १८ वर्षको अवधिमा बालविवाश सम्वन्धि जम्मा ९३ वटा मात्र उजुरी परेको उनले जानकारी दिईन् । यहि घटनाले पनि महिला हिंशाको स्थिति प्रष्ट हुने उनले बताईन् ।
नेपालमा ४१ प्रतिशत बालविवाह हुने गरेको र ४५ प्रतिशतको विवाह आमा बुवाको सहमतिमा विवाह हुने गरेको तथ्याङ्कले देखाएको छ । प्रत्येक वर्ष १३ हजार भन्दा बढीको बालविवाह हुने गरेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
प्रहरीले वालविवाह विषयका उजुरी दर्ता नै गर्न नचाहने कथम्कथाचित दर्ता गरिहाले पनि कारबाही गर्नुको सट्टा आर्थिक प्रलोभनमा परेर मिलापत्र मै घटना साम्य पार्ने प्रहरी प्रवृत्तिका कारण बालविवाह बिरुद्धको ऐन कार्यान्वयन हुन नसकेको अधिबक्ता ढुंगानाको भनाई छ ।

0 Comments