Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ, माघ ।
गणतन्त्र स्थापना भएको आठ वर्ष पछि पूर्व राजा ज्ञानेन्द्र शाह पहिलो पल्ट राष्ट्रपति कार्यालय शितलनिवाश पुगेका छन् । राष्ट्रपति विद्या भण्डारीकी छोरीको विवाहमा निम्तो मान्न शीतलनिवास पुगेका पूर्वराजा ज्ञानेन्द्रले ५० वर्ष पहिलेको आफ्नै बिहेको सम्झना गरे ।
शीतल निवास त्यही ठाउँ हो, जहाँबाट उनले पूर्वरानी कोमललाई बिहे गरेर पत्नी बनाएका थिए । आइतबार पूर्वराजा ज्ञानेन्द्रले शीतलनिवास प्रवेश गरेपछि ५० वर्ष पहिलेको आफ्नै विवाहको सम्झना आएको बताए ।
नव दुलाहा–दुलहीलाई शुभकामना दिएर पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पशुपति समसेर जवरा, कमल थापा, गणेश थापा लगायतका नेताहरुसँग चिया पिउने क्रममा पूर्वराजाले आफ्नो विवाहको सम्झना सुनाएका हुन् ।
ज्ञानेन्द्रका अनुसार आजभन्दा ५० वर्ष पहिले शीतल निवासभित्रै उनी र कोमलवीच विवाह सम्पन्न भएको थियो । आज आफूलाई त्यो दिनको सम्झना आएको पूर्वराजाले कमल थापा लगायतका नेताहरुलाई सुनाए ।
त्यसो त ज्ञानेन्द्र र कोमल मात्रै होइन, शीतलनिवासबाट तत्कालीन राजा त्रिभुवनका तीनवटी छोरीहरु अर्थात ज्ञानेन्द्रका फूपूहरुलाई समेत अन्माइएको थियो ।
शीतलनिवास चन्द्रसमशेरका छोरा कृष्णसमशेर जबराको घर हो । जुन घर उनले स्वेच्छाले नेपाल सरकारलाई दिएका थिए । त्यसपछि यो ठाउँलाई केही समय परराष्ट्र मन्त्रालय अन्तरगत विदेशीहरुको पाहुना घरका रुपमा पनि प्रयोग गरिएको थियो ।
यो भवनमा केही समय भारतीय दूतावाससमेत बसेको थियो ।
अतिथिहरुको शिष्टाचार भेटघाटमा समेत प्रयोग गरिएको यो घरबाट राजा महाराजाहरुले आफ्ना छोरा–छोरीको बिहे गराउने क्रममै ज्ञानेन्द्र र कोमलको विवाह पनि यही भवनबाट भएको हो ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply