काठमाडौ, माघ ।
दलहरुले चैत्रभित्रै स्थानीय तहको चुनाव गर्ने भाषण दिएपनि व्यवहारिक रुपमा भने आगामी चैत्रमा निर्वाचन हुने सम्भावना सकिएको छ । जत्तिसक्दो छिटो चुना गर्नुपर्नेमा प्रमुख दलहरुबीच विमति नरहेपनि निर्वाचन कानुन बनाउने र मिति घोषणा गर्ने विषयमा भने दलहरु सहमत हुन सकिरहेका छैनन् ।
प्रमुख निर्वाचन आयुक्त डा.अयोधिप्रसाद यादवले माघ १५ गतेभित्रै निर्वाचन आयोगलाई ऐन–कानुन दिएमात्रै जेठको पहिलो हप्ता स्थानीय तहको निर्वाचन गर्न सकिने बताएका छन्।तर दलहरु तत्काल निर्वाचन सम्वन्धि एने–कानुन दिन सक्ने सामथ्र्यमा छैनन् ।
संविधान कार्यान्वयनको लागि तीनवटै तहको निर्वाचन अपरिहार्य भएपनि मुलुकका प्रमुख दलहरु भने अरु राजनीतिक विषयबस्तुमै अल्झिएका छन् ।
मंगलबार काठमाडौमा भएको सात्क्षात्कारमा प्रमुख आयुक्त डा. यादवले राजनीतिक दलका नेताहरुले फरक फरक मितिमा निर्वाचन गर्ने बताएकाले आयोग अन्योलमा रहेको बताए। उनले भनेः‘अहिले स्थानीय तहको निर्वाचनको बारेमा कसैले चैतमा चुनाव हुने भनेका छन्, कसैले वैशाखमा भनेका छन्, त कसैले जेठमा गर्ने कुराहरु आइरहेका छन्, आयोग अचम्मित बनेको छ।’
अब चैतमा कुनैपनि हालतमा चुनाव हुन नसक्ने डा.यादवले ठोकुवा गरे । उनले भनेः‘अब चैतमा चुनावमा हुन सक्दैन्, बैशाख २८–२९ गते निर्वाचन सुरु गर्ने हो भने जेठको पहिलो हप्तासम्म निर्वाचन सम्पन्न गर्न सकिन्छ ।’ आयोगले अहिले पुरानै ऐन तथा कानुन अनुसार काम गरिरहेको उनले जानकारी दिए ।
प्रमुख आयुक्त डा. यादवले स्थानीय निर्वाचन चरणबद्ध रुपमा गर्नुपर्ने समेत बताए। उनले भनेः‘स्थानीय निर्वाचन चरणबद्ध रुपमा गर्नुपर्छ, दुई वा तीन चरणमा गर्नुपर्छ, त्यसको लागि सुरक्षा निकायसँग समन्वय गर्नुपर्छ।’ उनले दलीय सहमति वा रानीतिक समझदारी भए प्रतिनिधिसभाको निर्वाचन गर्न आयोग तयार रहेको स्पष्ट पारे।
पहिले प्रदेश वा प्रतिनिधि सभाको निर्वाचन गर्ने हो भने पनि संभव रहेको यादवको भनाई छ । दुवै निकायको चुनाव एकैपटक गर्न संभव भए पनि प्राविधिक रुपमा समस्या हुने उनको भनाइ थियो।
उनले निर्वाचनका लागि मतदाता नामावली, मतदाता परिचय पत्र वितरण, मतपत्र, मतदान स्थल, मतदान, मतपरिणाम, मतपेटिका, मसलन्द, मानव संशाधन आवश्यक रहेकाले यसको गृहकार्यमा आयोग जुटेको जानकारी समेत दिए ।

0 Comments