Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

बार्सा, माघ ।
स्पेनिस ला लिगामा बार्सिलोनाले शीर्ष स्थानको रियल मड्रिडमाथिको दबाब कायम गरेको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोनाले एइबरलाई ४–० ले हराएर उपाधि दाबेदार रियल मड्रिडसँगको अंक दूरी दुईमा झारेको हो । बार्सिलोनाको जितमा डेनिस स्वारेज, लियोनल मेस्सी, लुइस स्वारेज र नेइमारले गोल गरे ।
३१ औं मिनेटमा डेनिस स्वारेजले गोल गर्दै पहिलो हाफमा बार्सिलोनालाई १–० को अग्रता दिलाए । बार्सिलोनाले दोस्रो हाफमा थप तीन गोल गर्‍यो । दोस्रो हाफमा एमएसएनले गोल गरे ।
५० औं मिनेटमा मेस्सी तथा ६८ औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनाको अग्रता ३–० मा पुर्‍याए । इन्जुरी समयमा नेइमारले गोल गरेपछि बार्सिलोनाले ४–० को प्रभावशाली जित दर्ता गर्‍यो । जितपछि तेस्रो स्थानको बार्सिलोनाको १९ खेलबाट ४१ अंक छ । यो एक खेल कम खेलेको शीर्ष स्थानको रियल मड्रिड भन्दा दुई अंक कम हो ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply