Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ,पुस ।
उपराष्ट्रपति नन्दवहादुर पुनले पृथ्वीनारायण शाहले नेपाल राष्ट्र निर्माणमा गरेको योगदान बिर्सन नसकिने भन्दै उनी राष्ट्रका नायक भएको धारणा राखेका छन् । पृथ्वी जयन्तीका अवसरमा राप्रपाले पुस २७ मा आयोजना गर्न लागेको चियापानको निम्तो दिन गएका राप्रपा नेता दिलनाथ गिरीसंग उपराष्ट्रपति पुनले यस्तो बताएका हुन् ।
पृथ्वीनारायणको योगदानप्रति गर्व गर्नुपर्ने भन्दै उपराष्ट्रपतिले उनका कामको स्मरण गर्न पुस २७ लाई राष्ट्रिय एकता दिवसका रुपमा विदा दिए नेपाल र नेपालीकै सम्मान हुने बताएका थिए ।
राप्रपाको निम्तोको बारेमा भने आफूले राष्ट्रपति र सरकारसँग परामर्श गरेपछि मात्र निर्णय गर्ने बताएको गिरीले जानकारी दिए । उपराष्ट्रपतिले आफू यसबीचमा कांग्रेस,एमाले र माओवादी केन्द्रका चियापानमा पनि सहभागी नभएको स्मरण गराएका थिए ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply