Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं– जीवन लुइँटेलको नेपाली बक्स अफिसमा चलचित्र रिदमबाट ठूलो सम्भावना देखिएको थियो । उनको विदेश मोहका कारण र एउटै शैलीका चलचित्र आउनाले उनी बजारबाट नभाग्दै दर्शक भाग्न थालेका हुन् ।

नीता ढुंगाना पनि त्यस्तै नायिका हुन् । उनको अभिनय रहेका सम्झनयोग्य चलचित्र गन्ने हो भने दुईवटा भन्दा बढी भेटाउन मुस्किल हुन्छ । त्यो हो– बाल कलाकार भएर अभिनय गरेको चलचित्र गौथली र नायिका भएर अभिनय गरेको ‘छ एकान छ’ । यी दुबै चलचित्र हुँदै नोटबुकको बहुचर्चित गीत गाला रातैबाट प्रशस्तै चर्चा बटुलेर सम्भावनाको ढोका खोलेकी  हुन् । तर, विडम्बना अभिनय भन्दा पनि ब्वायफ्रेण्ड (प्रेमलिला)को कारण उनका सम्भावनाहरु छोटिदै गए ।

यी दुई कलाकार अभिनित नोटबुक चलचित्र र भुलभुलैया चलचित्रले बक्स अफिसमा निर्मातालाई मुनाफा दिन नसके तापनि इज्जत भने जोगाएका थिए । उनीहरुकोे पछिल्लो चलचित्र  लेकसाइड प्रदर्शनको तयारीमा रहेको छ । यो चलचित्रबाट यी दुई जोडीले बक्स अफिसमा चम्किनै निर्माण पक्षले दाबी गरेको छ । फिल्म ‘लेक साइड’ आगामी माघ २८ गतेबाट अल नेपाल प्रदर्शनमा आउने भएको छ ।

जीवन र नीता अभिनित फिल्म पछिल्लो समय त्यति प्रदर्शनमा आएका छैनन् । प्रदर्शनमा आएका यी दुई अभिनित फिल्महरुले पनि सुखद् व्यापार गरिरहेका छैनन् । राजु अधिकारीले निर्देशन गरेको फिल्म ‘लेक साइड’ पर्यटकीय नगरी पोखराको लेकसाइडमा एक युवकले साँगीतिक क्षेत्रमा लागेपछि भोग्नु परेको विविध पीडालाई प्रस्तुत गरिएको छ ।
जीवन र नीतासँगै फिल्ममा दीपक ढकाल र एन्जल ढुंगानालगायतको पनि अभिनय छ । आशुतोष फिल्म्स प्रोडक्शन र चन्द्रज्योती फिल्म्सको प्रस्तुतिमा निर्माण भएको फिल्ममा एञ्जल ढुंगानाको लगानी छ । ईन्दिरा तिवारी ढुंगाना कार्यकारी निर्माता रहेको फिल्ममा मौनता श्रेष्ठको पटकथा तथा संवाद, पवन गौतमको छायांकन र तारा थापा किम्भेको सम्पादन छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply