Ticker

6/recent/ticker-posts

तेक्वान्दोमा नेपालको शानदार प्रदर्शन

१२ स्वर्णसहित ३५ पदक हात पा¥यो
काठमाडौं– भारतको कोलकातामा सम्पन्न पहिलो खुल्ला टिआइए अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालले शानदार प्रदर्शन गरेको छ । नेपालले प्रतियोगितामा पाँचदिनसम्म चलेको च्याम्पियनसिपमा नेपालले १२ स्वर्ण, ८ रजत र १५ कास्य पदक गरी कूल ३५ पदक हात पार्न सफल भएको हो । 

नेपालले फाइटमा ९ र पुम्सेमा ३ स्वर्ण पदक हात पारेको हो । नेपाली टोलीका प्रशिक्षक रोसन खान उत्कृष्ट प्रशिक्षक चुनिए । नेपालका रोहीत गिरीले २९ केजी र निता गुरुङले ५३ केजीमा फाइट र पुम्से दुवैमा स्वर्ण पदक जिते । 
फाइटतर्फ पुरुषको ८० केजीमा धनबहादुर दराई, ७३ केजीमा गोकुल अधिकारी र ५४ केजीमा सिसिर श्रेष्ठले स्वर्ण जिते । फाइटकै महिलाको ५३ केजीमा पार्वती गुरुङ, ४९ केजीमा सुस्मीता थापा र ५४ केजीमा दिक्षा कार्कीले नेपाललाई स्वर्ण पदक दिलाए । त्यस्तै पुम्सेमा प्रतिक पाठक र रेजिन रिमालले पनि स्वर्ण पदक जिते । च्याम्पियनसिपमा मोहम्मद कलिमउल्लाह, अस्मिता मगर र निक्की पुन पुम्से र फाइटमा रजत जित्न सफल भए । त्यस्तै  शिशीर श्रेष्ठ रुवीना घलेले पुम्सेतर्फ रजत पदक हात पारे । 

यस्तै, च्याम्पियनसिपको पुम्सेमा रन्जित चौधरी, दिपेन्द्र नेपाली, मोहम्मद उमर खान, उपेसकुमार यादव र सविन मजाकोटीले कास्य पदक हात पारे । फाइटमा अस्विन थापा कास्य जित्दा चन्द्रबहादुर मगरले फाइट र पुम्से दुवैमा कास्य जित्न सफल भए ।
चितवन जिल्ला तेक्वान्दो कार्यसमितिको ब्यवस्थापनमा  ४३ खेलाडीले च्याम्पियनसिपमा सहभागिता जनाएका थिए । च्याम्पियनसिपमा नेपाल, कोरिया, मलेसिया, जापान, इन्डोनेसिया बंगलादेशलगायत ९ देशका खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

Post a Comment

0 Comments