Ticker

6/recent/ticker-posts

चिनियाँ सेना एक्कासी किन छिर्यो काठमाडौ....?

काठमाडौ, माघ ।
एक्कासी काठमाडौ आएको  चिनियाँ जनमुक्ति सेनाको उच्चस्तरीय टोलीले  उच्चस्तरीय भेटवार्ता गरिरहेको छ । अर्को महिना नेपाल–चीन पहिलो संयुक्त सैन्य अभ्यासको तयारी भइरहेका बेला चिनियाँ जनमुक्ति सेनाले वरिष्ठ कर्णेलको नेतृत्वमा टोली पठाएको हो । दुई महिना अघि पनि चिनियाँ सेनाको टोली नेपाल आएको थियो ।
तीन दिने नेपाल भ्रमणका क्रममा शुक्रबार काठमाडौं आइपुगेका मेजर जनरल ली उु चुन नेतृत्वको टोलीले प्रधानसेनापति राजेन्द्र क्षेत्रीसँग भेटवार्ता गरेको छ । चिनियाँ टोलीको यो भ्रमणबारे परराष्ट्र, रक्षा र सैनिक हेडक्वाटरका समेत सीमित अधिकारीहरुलाई जानकारी दिइएको छ ।
यसपटक चिनियाँ सेनाले नेपाली सेनालाई केही सैन्य सामाग्री दिने तयारी गरेको छ । चिनियाँ सेनाले विषेश गरेर विकास निर्माण र अस्पताल सम्बन्धी उपकरणहरु दिने सम्झौता गर्ने बताइएको छ ।
सैनिक प्रवक्ता ताराबहादुर कार्कीले चिनियाँ सेनाको टोली नेपाल भ्रमणमा रहेको स्वीकार गरेका छन् ।  नियमित सम्बन्धका कारण काठमाडौं आएको भन्दै उनले यसमा खास कुरा केही नरहेको प्रतिक्रिया दिए ।
नेपाली सेना र चिनियाँ सेनावीच पहिलोपटक संयुक्त अभ्यासको तयारी भइरहेको छ । यसले दुई देशको सैन्य सम्बन्धमा नयाँ आयाम थपिने रक्षा अधिकारीहरु बताउँछन् । अहिले नेपाल भ्रमणमा रहेको चिनियाँ जनमुक्ति सेनाको टोलीले सैन्य अभ्यासबारे पनि चासो दिएको छ । पहिलो पटक हुने लागेको यो अभ्यासमा कति जना सहभागी गराउने, कुन स्थानमा गर्ने भन्ने लगायतका विषयमा दुई देशका सेनाले तय गरेपछि मिति तोकिने नेपाली सेनाले जनाएको छ ।काठमाडौको न्यूरो अस्पतालमा तोडफोडःदर्जनबढी घाईते,अस्पताल प्रहरी नियन्त्रणमा

Post a Comment

0 Comments