Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, १० माघ ।  पछिल्लो समय काठमाडौं उपत्यकासहित अरु ठाउँमा समेत नोरो भाइरसको संक्रमण बढेको पाइएको छ । नोरो भाइरसका कारण बिरामीको संख्या बढ्दै गए पनि प्रयोगशाला नहुँदा उपचार प्रभावित बन्दै गएको छ । नोरो भाइरसका बिरामी उपचारका लागि अस्पताल पुग्ने गरेका शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पताल टेकुले जनाएको छ ।

अस्पतालका डा. शेरबहादुर पुनका अनुसार नोरो भाइरस केही हप्ता यतादेखि फैलँदै गएको छ । यो भाइरस लागेको १२ देखि २८ घण्टाभित्र यसको लक्षण देखिने  उहाँले बताउनुभयो । डा. पुनका अनुसार मासु बाउँडिने, झाडापखाला हुने, वान्ता र मन्द ज्वरो आउनु, नोरो भाइरसको लक्षण हो ।

यस्तै गर्मी महिनामा देखिएको स्क्रब टाइफस जाडोमा पनि देखिएको छ । तराईका एक  बिरामीमा स्क्रब टाइफस भेटिएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार केही व्यक्तिमा स्क्रब टाइफसको संक्रमण पाइएको छ । निमोनियाको आशंकामा उपचार गराइरहेका बिरामीलाई स्क्रब टाइफसको भएको पुष्टि भएको हो  ।

तराईका केही जिल्लामा  स्क्रब टाइफसको खतरा अझै पनि रहेको डा। शेरबहादुर पुनले बताउनुभयो । गर्मी महिनामा घर बाहिर सुत्दा स्क्रब टाइफसको संक्रमणको खतरा धेरै हुने बताउँदै आइएको थियो । तर जाडोमा पनि जोखिम भने उस्तै नै रहेको डा. पुनले बताउनुभयो ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply