Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, पुस । क्यान्सरको सफल उपचारपछि बलिउडमा फर्किएकी अभिनेत्री मनिषा कोइराला अचानक निधारमा तिलक, गलामा रुद्राक्ष पहिरिएर गेरु वस्त्रमा देखा परिन् ।

 भारत, मध्यप्रदेशको उज्जैनस्थित पाइलट बाबाको आश्रममा मनिषा यस्तो अवतारमा देखापरेकी हुन् । आमासँगै पाइलट बाबाको आश्रममा बसेर मनिषा क्षिप्रा स्नानदेखि जप–तप र योगमा सहभागी भएकी थिइन् ।

पछिल्लो समय उनी ‘डियर माया’ फिल्म छायांकनका लागि सिम्लामा थिइन् । उज्जैनमा सिंहस्थ मेला सुरु भएपछि उनी सुटिङ छाडेर पाइलट बाबाको शरणमा आएकी हुन् ।

‘ग्ल्यामर दुनियाँबाट पन्छिएर केही दिनका लागि धर्म एवं अध्यात्मवाट शान्तिपूर्वक जीवन जिउन’ पाइलट बाबाको क्याम्पमा आइपुगेको उनले बताएकी छन् । साथै मनिषाले समय मिलेपछि सन्यासी हुने समेत खुलाएकी थिइन् ।

मनिषा जनवरी ५ बाट सुरु १० दिने महारुद्र यज्ञमा सहभागी भएकी हुन् । सन् २०१२ मा गर्भाशयको क्यान्सरवाट थलिएकी मनिषा त्यसको सफल उपचारपछि धर्मकर्ममा बढी नै आशक्त देखिन थालेकी छिन् ।

उनी निरन्तरजसो धार्मिक कार्यक्रममा सहभागी हुँदै आएकी छन् । यसअघि हरिद्वार तथा उज्जैनमा सम्पन्न धार्मिक कार्यक्रममा पनि मनिषा सहभागी भएकी थिइन् ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply