काठमाडौ, माघ ।
माघ महिना सुरु भएको ७ दिन मात्रै भएपनि चिसो कम हुन थालेको छ । अघिल्ला वर्षहरुमा माघभरि नै चिसो हुन्थ्यो । तर यसवर्ष माघको सुरुमै चिसो कम हुन थालेको छ ।
बिहीबार काठमाडौंको अधिकतम तापक्रम २२ डिग्री सेल्सियस थियो । शुक्रबारको अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेल्सियससम्म रहने अनुमान छ ।
शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम भने २ डिग्री सेल्सियम मापन गरिएको छ । काठमाडौंसहित अरु धेरै ठाउँको तापक्रम पनि विस्तारै बढ्दै गएको छ । अब पहिलेको जसरी चिसो नहुने मौसमविद्ले जनाएका छन् । ‘ठूलो पानी पार्ने प्रणाली नेपाल प्रवेश गरे केही दिन चिसो हुन सक्छ । तर तत्काल ठूलो पानी पर्ने सम्भावना देखिएको छैन् । शुक्रबार देशका धेरै ठाउँको मौसम पनि सफा छ ।’ मौसमविद्ले भने ।
्हिमाली र उच्च पहाडी क्षेत्रमा भने हल्का हिमपात हुन सक्ने अनुमान छ । यस्तै काठमाण्डूमा यो महिना औसतमा भन्दा कम पानी परेको छ । सामान्यतया जनवरी महिनामा १४ दशमलव ४ मिलिमिटर पानी पर्नुपर्नेमा मात्र शून्य दशमलव १ मिलिमिटर पानी परेको मौसमविद्ले जनाए ।
जनवरी महिना सकिन अब १० दिन मात्र बाँकी रहेकाले औसत जति पानी पर्ने सम्भावना टरेको छ ।

0 Comments