Ticker

6/recent/ticker-posts

चन्द्रमामा पुग्ने अन्तिम व्यक्तिको निधन

एजेन्सी,४ माघ ।
अमेरिकी अन्तरिक्ष यात्री जीन सर्ननको ८२ वर्षको उमेरमा निधन भएको छ । उनी चन्द्रमामा पुग्ने अन्तिम व्यक्ति थिए ।
अमेरिकी स्पेस एजेन्सी नासाले पूर्वअन्तरिक्षयात्रीको निधन दुखद भएको बताएको छ ।
क्याप्टेन सर्नन ती तीन अन्तरिक्ष यात्री मध्ये एक हुन्, जो चन्द्रमामा दुई पटक पुगेका थिए । र, १९७२ को यात्रामा चन्द्रमाको धरातल छाड्ने अन्तिम व्यक्ति थिए ।
सर्नन अपोलो १७ मिसनका कमाण्डर थिए । अहिलेसम्म १२ जना चन्द्रमामा पुगेका छन्, जसमध्ये ६ जना जीवितै छन् ।
उनका परिवारले एक विज्ञप्ती जारी गर्दै भनेको छः‘ सोमबार स्वास्थ्य सम्वन्धी समस्याका कारण उनको निधन भएको छ । यो हाम्रो लागि निकै दुःखद छ कि एक प्यारा पति र पिता नरहेको खबर दिइरहेका छौं । हामी सबै शोकमा छौं ।’
८२ वर्षका उमेरमा पनि उनी आफ्नो महत्वकांक्षा सार्वजनिक गर्न र अन्तरिक्षमा मानवीय सम्भावनाको खोजीका लागि निकै उत्साहित रहन्थे । अपोलो १७ मिसन पहिले सर्नन अन्तरिक्षमा १९६६ र १९६९ मा गइसकेका थिए । उनी एक नेभी एभिएटर थिए, जसलाई १९६३ मा नासाले आफ्नो अन्तरिक्ष अभियानका लागि छानेको थियो।
१९७६ मा अवकास लिएपछि उनले अन्तरिक्षसँग जोडिएको मुद्दामा टीभी च्यानलमा विशेषज्ञका रुपमा काम पनि गरे ।

Post a Comment

0 Comments