Ticker

6/recent/ticker-posts

मोरङमा एक जनामाथी गोली प्रहार

मोरङ,१२ माघ ।
मोरङको कर्सिया गाविसको कर्सिया बजारमा घनश्याम बहरदारमाथि गोली प्रहार भएको छ । जीवन विकास लघु वित्त संस्थामा काम गर्ने विराटनगर रंगेली–११ का बहरदारमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । लघुवित्तको पैसा संकलन गर्न जाने क्रममा उनीमाथी आक्रमण भएको हो ।
तिघ्रामा गोली लागेका उनको विराटनगर अस्पतालमा उपचार भैरहेको छ । घटनामा संलग्न भएको आशंकामा एक जनालाई पक्राउ गरिएको र घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

Post a Comment

0 Comments