Ticker

6/recent/ticker-posts

युरिक एसिड बढ्यो भने के गर्ने ? डा. रेग्मीको सुझाव

काठमाडौं– हाम्रो शरीरमा प्रोटिनको मेटाबोलिजम भएर निस्किने तत्त्वलाई युरक एसिड भन्दछन्। न्युक्लिक एसिड र प्युरिन ग्रुरपको प्रोटिनबाट मात्र युरिक एसिड बन्दछ। जुन सामान्यतया पिसाबबाट बाहिर निस्कन्छ।

७० प्रतिशत केसमा शरीरभित्रकै प्रोटिन र तीस प्रतिशत  केसमा हामीले खाने प्रोटिनबाट युरिक एसिड बन्छ।
शरीरमा युरिक एसिडको मात्रा कति छ भनेर थाहा पाउनको लागि रगतको जाँच गर्नुपर्छ। रगतमा युरिक एसिडको मात्रा तीनदेखि सात मिलिग्रम प्रतिडेसिलिटरलाई सामान्य मानिन्छ। जब युरिक एसिडको मात्रा सातभन्दा बढी हुन्छ, त्यस्तो अवस्थालाई  हाइपरयुरिसेमिया भन्छन्।

हाइपरयुरिसेमिया हुने अवस्थामा पनि बिमारीलाई जोर्नी दुख्ने र सुन्निने नहुन सख्छ। युरिक एसिड रगतमा ओभर स्याचुरेसन भएर जोर्नीको वरिपरि मासुमा, टेन्डनमा, अथवा काटिर्लेजमा जम्मा भएर जोर्नी दुख्ने, सुन्निने अवस्थालाई  गाउटी अर्थराइटिस् भन्छन्। युरिक एसिड बढ्ने धेरै मानिसमा भए पनि अर्थराइटिस् चाहिँ कमै मात्र मानिसलाई हुन्छ।
समाधानः
  • रातो मासु नखाने । खसी, राँगाको मासु रातो मासुमा पर्छ यसमा पनि कलेज, मिर्गौला। गिदी आदि खानु हुँदैन ।
  • मदिरापान, धुम्रपान, सुर्तीजन्य पदार्थ सेवन नगर्ने ।
  • पानी पर्याप्त मात्रामा पिउने ।
  • हरेक दिन एक घण्टा पसिना निस्किने गरी हिड्नै÷दौडिने ।
  • योगासन, प्राणायाम गर्ने । सूर्य नमस्कार, कपालभाती, भस्त्रिका, अनुलोम विलोम गर्नु उपयुक्त हुन्छ ।
  • दाल गेडागुडी, कुरिलो, सिसीको अचार, गोलभेडा, तामाजस्ता परिकार नहाने ।
  • जंकफुड तथा बेकरी उत्पादनको प्रयोग नगरेको राम्रो ।

डा. प्रकाशराज रेग्मी
मुटुरोग विशेषज्ञ ।

Post a Comment

0 Comments