स्पेन,माघ ।
बार्सिलोनाले स्ट्राइकर लियोनल मेस्सीका बारेमा बोलेका अधिकारीलाई कारवाही गरेको छ । बार्सिलोनाले ति अधिकारीको भनाई व्यक्तिगत रहेको र त्यो क्लबको धारणा नरहेको पनि स्पष्ट पारेको छ ।
बार्सिलोनाका अधिकारी पेरे ग्राटाकोसले क्लबलाई कोपा डेल रेको क्वाटरफाइनलमा पुर्याउने मेस्सी मात्रै नरहेको बताएका थिए । बुधबार राति भएको दोस्रो लेगमा मेस्सीले ७८ औं मिनेटमा गरेको फ्रि–किक गोल मार्फत बार्सिलोना एथ्लेटिको बिल्बाओलाई समग्रमा ४–३ ले हराउँदै क्वाटरफाइनलमा पुगेको हो।
तर ग्राटाकोसले मेस्सी आन्द्रेस इनिएस्टा वा नेइमार बिना त्यस्तो उत्कृष्ट हुन नसक्ने बताए । उनले भनेका थिएः‘मेस्सी टिमका मत्वपूर्ण खेलाडी हुन्, तर लुइस स्वारेज र जेराड पिके पनि उत्तिकै महत्वपूर्ण छन् । टिमको मेहनतले क्लब क्वाटरफाइनलमा पुगेको हो, मेस्सी एक्लैका कारण होइन ।’
क्लबले शुक्रबार एक वक्तव्य जारी गरेर ग्राटाकोसलाई स्पेनिस फुटबल फेडेरेसनसँगको स्पोर्टिङ रिलेशन प्रमुखबाट हटाइएको जनाएको छ । तर उनी क्लबको युथ एकेडेमीको जिम्मेवारीमा भने रहने जनाइएको छ ।

0 Comments