Ticker

6/recent/ticker-posts

विमान दुर्घटनामा धेरैजसो खेलाडी गुमाएको चापेकोएन्सेको पहिलो जित

एजेन्सी, माघ ।
विमान दुर्घटनमा टिमका १९ खेलाडी तथा २४ पदाधिकारी गुमाएको ब्राजिलको फुटबल क्लब चापेकोएन्सेले दुर्घटनापछि भएको खेलमा पहिलो जित दर्ता गरेको छ । गएको नोभेम्बर २९ मा कोलम्बियामा भएको विमान दुर्घटनामा चापेकोएन्सेका धेरै खेलाडीको ज्यान गएको थियो ।
चापेकोएन्सेले सोमबार बेलुका भएको खेलमा इन्टर डि लागेसलाई २–१ ले हराएको हो । एरिना कोन्डा स्टेडियममा भएको खेलमा निल्टिन्हो र विलिङटनको गोलको मद्दतमा चापेकोएन्सेले जित निकालेको हो ।
यस्तै बिहीबार प्रिमिएरा लिग अन्तर्गत भएको खेलमा जोइनभिल्लासँग गोलरहित बराबरी गरेको थियो । यसअघि माघ ८ गते शनिबार भएको दुर्घटनापछिको पहिलो मैत्रिपूर्ण खेलमा ब्राजिलको लिग च्याम्पियन क्लब पाल्मेइराससँग २–२ को बराबरी खेलेको थियो । चापेकोएन्से २२ नयाँ खेलाडी अनुबन्ध गरेको छ । यस्तै नयाँ प्रशिक्षक पनि नियुक्त गरेको छ ।
कोपा साउथअमेरकानाको फाइनल खेल्नका लागि कोलम्बिया जाने क्रममा विमान दुर्घटना भएको हो । दुघर्टनामा क्लबका १९ खेलाडीसहित ७१ जनाको ज्यान गएको थियो । दुर्घटनामा डिफेन्डर निटो र एलन रुस्चेल तथा गोलरक्षक ज्याक्सन फाल्लमान्नसहित ६ जना बाँच्न सफल भएका थिए ।

Post a Comment

0 Comments