काठमाडौ, पुस ।
प्रधानमन्त्री पुष्पकमल दाहालले पृथ्वीनारायण शाहले बलियो केन्द्रीकृत राज्य निर्माणका लागि ठुलो भूमिका खेलेको बताएका छन् । ऐतिहासिक भौतिकवादले उनको यो भूमिकालाई सकारात्मकरुपमा हेर्ने प्रधानमन्त्रीको भनाइ छ ।
राप्रपाले बुधबार भृकुटीमण्डपमा आयोजना गरेको चियापान समारोहमा सहभागिता जनाउँदै प्रधानमन्त्री दाहालले भनेः‘पृथ्वीनारायण शाहले बलियो केन्द्रीकृत राज्य निर्माणमा खेलेको भूमिकालाई ऐतिहासिक भौतिकवादले सकारात्मकरुपमा हेर्छ ।’
प्रधानमन्त्री दाहाले बुधबारकै क्याबिनेट बैठकमा सरकारी विदाबारे समीक्षा गर्न समिति गठन गरिएको प्रधानमन्त्रीले जानकारी दिए ।०६२–०६३ को आन्दोलनपछि विदाको स्पष्ट नीति नबनेको भन्दै उनले भनेः‘कुन दिनमा विदा दिनु उचित छ र कुनलाई उचित छैन भन्ने अध्ययन गरेर प्रतिवेदन पेश गर्न आजैको क्याबिनेटले समिति गठन गरेको छ ।’
राप्रपाले प्रत्येक वर्ष पृथ्वी जयन्तीका दिन चियापान आयोजना गरेर एउटा राजनीतिक मूल्य स्थापित गरेको भन्दै दाहालले राप्रपालाई धन्यवाद समेत दिए ।

0 Comments