Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, २५ पुस । सरकारले संविधान संशोधन विधेयक व्यवस्थापिका संसदमा आइतबार टेबुल गरेलगत्तै विधेयक पारित गराउने अंकगणीय खेल सुरु भएको छ । सत्तारुढ दलसँग ३ सय ९३ सांसद छन् ।

यद्यपि, सत्तारुढ भएर पनि विधेयकप्रति राप्रपाले असन्तुष्टी जनाइरहेको छ । प्रतिपक्षी दलहरुसँग २ सय १ जना सांसद छन् । विधेयक पारित गराउन हाल कायम ५ सय ९४ सांसदमध्ये दुईतिहाइ पुर्‍याउन ३ सय ९८ मत आवश्यक पर्छ । यो स्थितिमा सरकारलाई विधेयक पारित गराउन ५ मत अपुग हुन्छ ।

यस्तो अवस्था सांसदहरुको खरिदबिक्री हुने खतरा देखिन्छ । यसका लागि राजनीतिक चलखेल शुरु हुने राजनीतिक विश्लेषक बताउँछन् ।  विधेयक पारित गराउन सत्तारुढ दल राप्रपा र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकको मत निर्णायक हुन्छ ।

तर दुबै दलले संविधान संशोधन विधेयक परिमार्जन हुनु पर्ने बताइरहेका छन् । संसदमा राप्रपाको ३७ र फोरम लोकतान्त्रिकका १४ सांसद छन् ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply