Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

मंगलबार शैक्षिक हड्ताल
काठमाडौं, २५ पुस । विपलव नेतृत्वको नेकपा (माओवादी) निकट अखिल (क्रान्तिकारी)ले भ्रष्टाचार विरुद्धका विभिन्न कार्यक्रमलाई निरन्तरता दिएको छ । आन्दोलननको कार्यक्रम अनुसार मंगलबार शैक्षिक हड्ताल गर्ने अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य तथा कास्की उपाध्यक्ष आश गुरुङ्ले बताए। शैक्षिक माफियाहरु सल्बलाएको भन्दै उनीहरुको पनि लिस्ट तयार भएको र कारबाहीका लागि आफूहरु लागिपरेको बताएका छन् ।
यसैबीच विद्यार्थी संगठनले आइतबार सर्वोच्च अदालत परिसर भित्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीमाथि कालोमोसो दल्ने कार्यकर्ताको रिहाइको माग गर्दै काठमाडौं उपत्यकासहित, पोखरा, बुटवल, चितवन, हेटौंडा, धनगढी, महेन्द्रनगर, नेपालगञ्ज, बीरगंज, विराटनगर लगायत देशैभर प्रदर्शन गरेका थिए । काठमाडौंमा भएको विरोधसभालार्इ सम्बोधन गर्दै अखिल (क्रान्तिकार) का केन्द्रीय अध्यक्ष पूर्ण सिंहले यो आन्ददोलन दलाल, भ्रष्टहरुको बिरुद्धमा भएको भन्दै निरन्तर जारी रहने बताए ।

उनले भने, ‘अखिल (क्रान्तिकारी) सबै ठाउँमा भएका दलालहरूको अन्त्य गरी नेपाललाई समुन्नत  राष्ट्र बनाउन चाहन्छ। त्यसै अभियानमा लागेका हाम्रा २ केन्द्रीय सदस्यहरुको तत्काल रिहाइ होस् ।’ उता पोखरामा भएको सभालाई सम्बोधन गर्दै गण्डक व्युरो प्रमुख प्रकाश बिकले आफ्ना सहयोद्दालाई तुरुन्त बिना सर्त रिहाईको माग गरे।
‘लोकमान सिह मात्र होइन देशलाई लुटेर खोक्रो बनाउने जो सुकै दलाललाई माओवादीले छाड्दैन ।’  उनले भने, ‘शैक्षिक माफियाहरुको समेत अखिल (क्रान्तिकारी) ले कारवाही गर्न लिस्ट तयार पारेको छ ।’
क्रान्तिकारीका केन्द्रीय सदस्यहरु चन्द्र बुढा र प्रकाश शाहीले अदालत भित्रै कार्कीमाथि कालोमोसो दलेका थिए । उनीहरुलाइ अदालत परिसरबाटै पुस ७ गते पक्राउ गरेको थियो ।  क्रान्तिकारीका केन्द्रीय अध्यक्ष सिंहले शुक्रबार बिज्ञप्ती जारी गर्दै संघर्षका कार्यक्रम सार्वजनिक गरेका थिए।

यसैबीच सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्की पदमुक्त गरी योग्यता पुगेका व्यक्तिलाई नियुक्ति गर्न आइतबार आदेश दिएको छ ।

यो पनि हेर्नोस् : अख्तियार प्रमुखबाट लोकमानसिंह आउट, योग्यता पुगेकालाई नियुक्त गर्न सर्वोच्चको आदेश


«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply