Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ,पुस ।
प्रमुख प्रतिपक्षी नेकपा नेकपा एमालेले सर्वोच्च अदालतले सोमबार संविधान संशोधनका मुद्दामा गरेको निर्णय आफ्नो पक्षमा भएको जिकिर गर्दै गरेको छ । साथै, एमालेले अदालतको उक्त आदेशको स्वागत समेत गरेको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा मंगलबार बिहान बसेको पार्टी स्थायी समितिको बैठकले उक्त निर्णय गरेको हो।एकालेले भनेको छः‘सर्वोच्चको आदेशमा उल्लेख भएको अन्तरवस्तु हेर्नुपर्छ। त्यहाँ प्रष्ट नै छ, सीमांकन हेरफेरका लागि प्रदेशसभाको गठन हुनुपर्छ, अब हामी सत्ता पक्षसँग उक्त प्रस्ताव फिर्ता लिन कुरा गर्नेछौं।’
बैठकका निर्णय बारे जानकारी गराउँदै एमाले प्रवक्ता योगेश भट्टराईले भनेः सरकारले संशोधन प्रस्ताव फिर्ता लिनुपर्छ भन्ने बैठकको निष्कर्ष हो,सीमांकन हेरफेर गरे अदालतले बदर गर्छु भन्ने आशय दिएको अवस्थामा सरकारले पनि कुरा बुझेको हुनुपर्छ सीमांकन सम्वन्धी संशोधन प्रस्ताव अघि बढाए के हुन्छ ?’
यसैबीच प्रमुख प्रतिपक्ष एमालेले संसदमा जारी अवरोध खुलाउने संकेत पनि गरेको छ । सर्वोच्च अदालतले दिएको आदेश मान्न सत्तापक्ष तयार भए संसद अवरोध खुलाउन आफूहरु तयार हुने प्रतिक्रिया दिएको हो।
बैठकले सीमाकंनको हेरफेर सम्बन्धित प्रदेश सभालाई दिने सर्वोच्च अदालतको आदेशलाई सम्मान गर्न सत्ता पक्ष बाध्य हुनैपर्ने अवस्था आएको टिप्पणी गरेको छ । सोमबार सर्वोच्च अदालतले प्रदेश सभाको अनुमति लिएर मात्रै सीमांकन सम्बन्धि हेरफेर गर्न सकिने आदेश आफूहरुले उठाउँदै आएको मुद्दासँग मेल खाएको उल्लेख गर्दै बैठकले सोही अनुसार अन्य दलसँगको छलफललाई अघि बढाउने निर्णय पनि गरेको छ।
एमालेले संशोधन प्रस्ताव फिर्ता लिन सत्तापक्ष तयार नभएसम्म विरोध प्रर्दशन जारी रहने पनि स्पष्ट पारेको छ। संशोधन प्रस्ताव विरुद्ध २२ गते काठमाडौंमा आह्वान गरिएको जनप्रर्दशनलाई सशक्त बनाउने विषयमा पनि छलफल भएको उपाध्यक्ष वामदेव गौतमले जानकारी दिए।
एमालेले संविधानले निषेध गरेको विषय संसदमा प्रवेश गराएको भन्दै संसद र सडक दुवै संघर्षलाई तीव्र बनाउँदै आएको छ। एमालेसहितको विपक्ष दलहरुको अवरोधका कारण संसद बैठक समेत एक महिनायता अवरुद्ध  हुँदै आएको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply