Ticker

6/recent/ticker-posts

डलर देखाएर दश लाख ठगी

भक्तपुर– भक्तपुरको चागुँनारायण नगरपालिका–५ गेलाल गाउँबाट अमेरिकी डलर साट्ने बाहनामा १० लाख रुपैयाँ ठगी गरेर एक व्यक्ति फरार भएका छन् ।

 प्रहरीका अनुसार गेलाल गाउँको एकान्तस्थानमा १० हजार अमेरिकी डलर १० लाख रुपैयाँमा सटही गर्ने भन्दै ओखलढुंगा सिद्धिचरण नगरपालिका–१ स्थायी घर भई हाल काठमाडौं–३५ पेप्सीकोला बस्ने वर्ष ५० का मेघनाथ दाहालसँग १० लाख रुपैयाँ ती व्यक्तिले ठगी गरेका हुन् ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक दिलबहादर सुवेदीका अनुसार नाम, वतन खुल्न नसकेका मंगोलियन अनुहारका ती व्यक्तिले नक्कली डलर दिएर दाहालसँग नेपाली रकम लिएर फरार भएका छन् ।

Post a Comment

0 Comments