Ticker

6/recent/ticker-posts

गुड्दागुड्दै बसको ब्रेक फेल भएपछि....

चितवन, माघ ।
पश्चिम चितवनको विजयनगरबाट नारायणगढतर्फ आउँदै गरेको यात्रुबाहक बस सोमबार बिहान भरतपुरको शिवघाटमा दुर्घटना हुँदा १० यात्रु घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार ना५ख ११२१ नम्बरको बस बिहान ९ः३५ बजे भरतपुर उपमहानगरपालिका–५ शिवघाटमा ब्रेकफेल भई दुर्घटना भएको हो ।
दुर्घटनाका घाइतेको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बसमा २८ जना सवार रहेको बुझिएको छ ।

Post a Comment

0 Comments