Ticker

6/recent/ticker-posts

काठमाडौको न्यूरो अस्पतालका चिकित्सक र कर्मचारीको राम धुलाई...?

काठमाडौ,माघ ।
विरामीको मृत्यु भएपछि विरामीका आफन्तले काठमाडौंको बाँसबारी स्थित न्यूरो अस्पतालमा तोडफोड गरेका छन् । सडक दुर्घटनामा परी गम्भीर घाइते भएका २७ बर्षीय युनिस नगरकोटीको उपचारको क्रममा मृत्यु भएपछि आफन्तको आक्रोशित भिडले अस्पतालमा तोडफोड गर्नुकासाथै चिकित्सक र कर्मचारीलाई कुटपिट गरेका छन् ।
नगरकोटीको मृत्युको खबर सुनेर अस्पताल पुगेका दर्जनौं व्यक्तिले अन्धाधुन्ध आक्रमण गरेको अस्पताल प्रशासनले जनाएको छ । घटनामा करीव दुई दर्जन व्यक्ति घाइते भएको अस्पताले जनाएको छ ।
घटना लगत्तै पुगेका प्रहरीले तोडफोडमा संलग्नहरुलाई नियन्त्रण गर्न खोज्दा प्रहरीमाथि पनि आक्रमण भएको थियो । घटनामा संलग्न २३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनाबाट त्रस्त बनेको भन्दै अस्पताल प्रशासनले आकस्मिक बाहेकका सबै सेबा बन्द गरेको छ ।
सडक दुर्घटनामा परेका नगरकोटीको शल्यक्रिया सफल भएपनि स्पाइनल प्यारालाइज हुने जानकारी चिकित्सकले आफन्तलाई गराएको अस्पतालको दावी छ । त्यसपछि एक्कासी बेहोस भएका नगरकोटीलाई आइसियू लग्दालग्दै मृत्यु भएको अस्पताल प्रशासनको भनाइ छ ।
सोही बिषयलाई अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आक्रोशित भीडले अस्पतालमा तोडफोड र चिकित्सकहरुमाथि आक्रमण गरेको र आफूहरुमाथि सुरक्षा चुनौति रहेको अस्पतालका चिकित्सक र कर्मचारीहरुले बताएका छन् ।
उता, बिरामीका आफन्तले भने अस्पतालकै लापरवाहीको कारण मृत्यु भएको दावी गर्दै क्षतिपूर्ति नपाएसम्म शव नउठाउने अडान लिएका छन् ।

Post a Comment

0 Comments