Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ,पुस । काठमाडौं महानगरपालिका कार्यालयको २९ औं महानगर परिषदले आगामी आव २०७४÷७५ को लागि ५ अर्ब ३७ करोड रुपैयाँ विनियोजन गरेको छ । यसको लागि १ अर्ब ८३ करोड रुपैयाँ स्रोत आन्तरिक आयबाट प्राप्त हुने प्रक्षेपण कार्यालयको छ ।
आन्तरिक आयको रुपमा स्थानीय करको योगदान ४५ प्रतिशत र गैर कर अनुदानको योगदान ५५ प्रतिशत रहने महानगरले उल्लेख गरेको छ । सोमबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा महानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङले बजेट, नीति तथ कार्यक्रम सार्वजनिक गरे ।
महानगरले ४ अर्ब ७१ लाख रुपैयाँ बिकास खर्चको लागि छुट्याएको छ । उज्यालो काठमाडौं कार्यक्रम देखि शहरी पूर्वाधार बिकास तथा सार्वजनिक निर्माण, जनस्वास्थ्य सामाजिक बिकास लगायतका कार्यक्रममा बिनियोजित रकम खर्च गरिने तामाङले बताए ।

कुन शिर्षकमा कति  छुट्टियो बजेट ?
–शहरी पूर्वाधार विकास तथा सार्वजनिक निर्माण क्षेत्रका लागि १ अर्ब ६२ करोड ९८ लाख रुपैयाँ ।
–जनस्वास्थ्य सामाजिक विकासका क्षेत्रमा ११ करोड ८० लाख रूपैयाँ र सम्पदाको पुनःनिर्माण तथा विकासका लागि ४१ करोड २६ लाख रुपैयाँ ।
–वातावरण सरंक्षण, हरियाली प्रवर्द्धन तथा शहरी सौन्दर्यीकरण क्षेत्रका लागि ८१ करोड रुपैयाँ ।
–विपद् व्यवस्थापनका लागि रु.११ करोड ३१ लाख रुपैयाँ ।
–सूचना तथा सञ्चार प्रविधि र सेवाप्रवाह क्षेत्रका लागि १० करोड रुपैयाँ ।
–राजस्व क्षेत्र, वित्त क्षेत्र, शहरी योजना क्षेत्र, अन्तर्राष्ट्रिय सम्बन्ध क्षेत्र, सार्वजनिक निजी साझेदारी क्षेत्रका लागि ११ करोड रुपैयाँ ।
–उज्यालो काठमाडौं कार्यक्रममा १० करोड रुपैयाँ ।
–विभिन्न जग्गा एकीकरणहरुका लागि ८१ करोड २५ लाख रुपैयाँ ।
–टेकुमा बहुतल्ले स्टिल स्ट्रक्चरसहितको महानगरपालिकाकाको कार्यालय भवनका ३१ करोड रुपैयाँ ।
– काठमाडौं उपत्यकाको शहरी यातायात सहज र सरल रुपमा सञ्चालन गर्न स्थापना हुने उपत्यका नगर यातायात लिमिटेडको सेयर खरिद गर्न २ करोड रुपैयाँ ।
– उपत्यकाका वधशाला व्यवस्थित गर्न ५ करोड रुपैयाँ ।
– सामुदायिक कुकुर नियन्त्रण तथा व्यवस्थापन गर्न महानगरको ८० लाख र अन्तर्राष्ट्रिय गैससको १ करोड ५० लाख रुपैयाँ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply