
नाइजेरियाको वायु सेनाको गल्तिका कारण एक सय जना भन्दा धेरै विस्थापितको ज्यान गएको छ । नाइजेरियाको वायु सेनाले विस्थापित मानिसको बसोबास रहेको क्याम्पमा हवाई आक्रमण गर्दा धेरैको ज्यान गएको हो । बिद्रोही विरुद्धको कारवाहीको क्रममा गल्तिबस सर्वसाधारण नागरिकमाथि आक्रमण भएको नाइजेरियाली सेनाले दाबी गरेको छ ।
घटनामा एक सय २० जना घाइते भएका छन् । नाइजेरिया तथा क्यामरुनको पूर्वोत्तर सीमा नजिक घटना भएको हो । नाइजेरियाली सेनाले बिद्रोही संगठन बोको हराम विरुद्ध कारवाही अभियान चलाइरहेको छ ।
बोको हरामका लडाकु सम्झेर आम नागरिकको शिविरमा आक्रमण भएको सेनाका प्रवक्ता मेजर जनलर लकी इराबोरले बताउनुभयो । लडाकु विमानका बिद्रोहीलाई निशाना बनाएको सम्झेको तर गल्तिबस विस्थापित मानिस बसेको शिविरमा आक्रमण भएको इराबोरले बताउनुभयो ।
राष्ट्रपति मुहम्मदु बुहारीले घटनाप्रति चिन्ता व्यक्त गर्दै शान्त रहन आग्रह गर्नु भएको छ । नाइजेरियाले सेनाले यस्तो गल्ति गरेको यो पहिलो पटक हो ।
0 Comments