Ticker

6/recent/ticker-posts

ट्रम्पको विरोधमा अमेरिकी कुटनीतिज्ञ....?

एजेन्सी, माघ ।
विश्वका विभिन्न देशमा रहेका सयौं अमेरिकी कुटनीतिज्ञले राष्ट्रपति डोनाल्ड ट्रम्पको शरणर्थीमाथिको प्रतिबन्ध लगाउने निर्णयको विरोध गर्ने तयारी गरेका छन् ।
राष्ट्रपति ट्रम्पको विभिन्न सात देशका नागरिक तथा शरणार्थीलाई अमेरिका प्रवेशमा रोक लगाउने सम्बन्धी निर्णयको अमेरिकी कुटनीतिज्ञले संयुक्त रुपमा विरोध गर्ने तयारी गरेको बिबिसीले जनाएको छ ।
विदेश मन्त्रालयका अधिकारीले राष्ट्रपति ट्रम्पको निर्णयको विरोधका लागि संयुक्त वक्तव्य तयार गरेको बिबिसीले उल्लेख गरेको छ ।
कुटनीतिज्ञले तयार गरेको वक्तव्यमा आप्रवासीमाथिको प्रतिबन्धले अमेरिकालाई सुरक्षित नबनाउने र विश्वभर अमेरिकाका विषयमा नकारात्मक सन्देश प्रवाह हुने उल्लेख गरिएको छ ।
यसअघि पनि कुटनीतिज्ञको यस्तो वक्तव्य आउने गरेको थियो । तर सयौं कुटनीतिज्ञले एकसाथ हस्ताक्षर गरेर विरोध गर्न लागेको भने पहिलो घटना हो । यस्तै पूर्व राष्ट्रपति बाराक ओबामाले पनि एक वक्तव्य जारी गरेर ट्रम्पको निर्देशनको विरोध गरेका छन् । अमेरिकाले कुनै पनि मानिसलाई आस्था र धर्मका आधारमा विभेद नर्गने भएपनि पछिल्लो निर्देशनले अमेरिकाको त्यो छवि बिग्रँदै गएको ओबामाको वक्तव्यमा उल्लेख गरिएको छ । यस्तै ट्रम्पको निर्देशनको विरोधमा अमेरिकासहित बेलायतका विभिन्न शहरमा प्रदर्शन भएको छ ।
राष्ट्रपति ट्रम्पले गएको शुक्रबार इराक, सिरिया, इरान, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकलाई अमेरिकामा प्रवेशमा रोक लगाउने तथा अमेरिकी शरणार्थी कार्यक्रम एक सय २० दिनलाई बन्द गर्ने निर्देशनमा हस्ताक्षर गरेका थिए ।

Post a Comment

0 Comments