Ticker

6/recent/ticker-posts

सुन तस्करीमा गृह र अर्थ मन्त्रालयकै संलग्नता रहेको एमालेका नेताको आरोप

काठमाडौ,  माघ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता रघुवीर महासेठले सुन तस्करीमा गृह र अर्थ मन्त्रालयको संलग्नता रहेको आरोप लगाएका छन् । महासेठले भनेः‘यो सानो तिनो माछाको काम नै होइन, तस्करीमा स्वयम गृह र अर्थ मन्त्रालयको संलग्नता रहेको छ, अरुबाट यो काम हुनै सक्दैन ।’
पूर्वमन्त्री समेत रहेका एमाले नेता महासेठले सुन तस्करीबारे छानविन गर्नको लागि सरकारले स्वतन्त्र छानविन आयोग गठन गर्नुपर्ने समेत माग गरे ।
‘ प्रचण्डजीले आफ्नो क्रान्तिकारी छवि बचाउनका लागि पनि सुनकाण्डबारे छानविन गर्न सर्वोच्च अदालतका रिटार्यड न्यायधीश वा स्वतन्त्र मानवअधिकारकर्मीको नेतृत्वमा आयोग गठन गर्नुपर्छ, अहिले गृहमन्त्रालयमार्फत भैरहेको छानविन नाटक मात्रै हो ।’
उनले संविधान संशोधन विद्येयक कुनै हालतपनि पनि पारित नहुने ठोकुवा गरे । चुनावको विकल्प नरहेको भन्दै एमाले नेता महासेठले दलहरु चुनावको लागि केन्द्रित हुनुपर्ने धारणा राखे ।

Post a Comment

0 Comments