Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ,पुस ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त  लोकमानसिंह कार्कीविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतमा बहस सकिएको छ । मुद्धामा बहस सकिएसंगै अब फैसला पनि छिट्टै हुने सर्वोच्च अदालत स्रोतले जनाएको छ ।
न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हाको इजलासमा आइतबार विपक्षीका साथै रिट निवेदक पक्षको जवाफी बहस पनि सकिएको छ । रिट निवेदक ओमप्रकाश अर्यालका अनुसार सर्वोच्चले आईतबार नै फैसला सुनाउने सम्भावना पनि छ ।
कार्कीको योग्यताका साथै अदालततको मानहानीको मुद्दालाई एकसाथ राखेर सुनुवाई भएको हो । अख्तियार प्रमुखमा नियुक्तिलाई कार्कीको योग्यता नपुग्ने भन्दै अर्यालले दायर गरेको रिट सर्वोच्चले खारेज गरेको थियो ।
तर, त्यसविरुद्ध प्रधानन्यायाधीश सुशीला कार्कीसहितको इजलासले निसा हुने आदेश दिएपछि सबैको ध्यान तानेको छ । उक्त आदेशको म्याद तामेलीमा अवरोध गरेको भन्दै कार्कीविरुद्ध मानहानीको मुद्दा पनि गरेको छ ।
त्यही क्रममा एमाले र माओवादीका सांसदहरुले कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेका छन्, जसका कारण उनले काम गर्न पाएका छैनन् । लगातार संसद अवरुद्ध भएका कारण महाअभियोगको प्रक्रिया अघि बढ्न सकेको छैन ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply