Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

एजेन्सी, माघ ।
अफ्रिकी मुलुक गाबोनमा जारी अफ्रिका कप अफ नेशनसमा घानाले विजयी सुरुवात गरेको छ । समूह डी मा रहेको घानाले मंगलबार राति भएको खेलमा युगाण्डालाई १–० ले हरायो ।
घानाको जितमा ३२ औं मिनेटमा पाएको पेनाल्टीको अवसरमा एन्ड्रयु आयुले गरेको गोल नै निर्णायक बन्यो । घानाले त्यसपछि पनि तीन पटक गोल गर्ने राम्रा मौका बनाएको थियो । तर युगाण्डाका गोलरक्षक डेनिस अनयानगोले सुन्दर बचाउ गरे ।
राति नै भएको समूह डी अन्तर्गतकै खेलमा इजिप्ट मालीसँग गोलरहित बराबरीमा रोकिएको छ । इजिप्टलाई हारबाट जोगाउन गोलरक्षक एसाम एल–हाडार्रीको भूमिका महत्वपूर्ण रह्यो । एल–हाडार्री अफ्रिका कप अफ नेशनसमा खेल्ने सबै भन्दा बढी उमेरका खेलाडी पनि बनेका छन् । उनी आइबार ४४ वर्ष लागेका थिए ।
उनी खेलको क्रममा घाइते भएर मैदानबाट बाहिरिए पनि ४४ वर्षको उमेरमा सुन्दर बचाउ गर्दै टिमलाई हारबाट भने जोगाए ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply