Ticker

6/recent/ticker-posts

अलविदा पन्नाकाजी

काठमाडौं, माघ । नेपाली सांगीतक क्षेत्रले अमुल्य सम्पत्ति गुमाएको छ । थुप्रै कालजयी आवाजमा स्वर र संगीत दिएका गायक तथा संगीतकार पन्नाकाजीले यो संसार छाडेपछि यतिबेला सम्पूर्ण सांगीतिक क्षेत्र स्तब्ध बनेको छ ।
पुराना गायक तथा संगीतकार पन्नाकाजी शाक्यको ८५ वर्षको उमेरमा बुधबार विहान साढे ५ बजे ताहाचलस्थित निवासमै निधन भएको हो । गत वर्षको भूकम्पले ओमबहालस्थित घर भत्किएपछि उनी पछिल्लो समय सपरिवार ताहाचलमा बस्दै आएका थिए ।
वि. सं. १९८८ साल पुस १५ गते काठमाडौंको ओमबहालमा जन्मिएका पन्नाकाजी २००७ सालमै रेडियो नेपालमा प्रवेश गरेका थिए । उनले २००८ सालदेखि रेडियोमा स्थायी नियुक्ति पाएर ०४० सालसम्म काम गरेका थिए । रेडियो नेपालले ०२२ सालमा आयोजना गरेको आधुनिक गीत प्रतियोगीतामा नारायणगोपाल संगीतमा प्रथम भएका थिए भने पन्नाकाजी गायनतर्फ प्रथम भएका थिए । उनले ‘किन–किन तिम्रो तस्बिर‘ र ‘लोलाएका ती तिम्रा आँखा‘ को पुरानो मेलोडी, नौलाखे तारा, एकानी दुवानी, रात यो नबित्ला, लालीगुराँस फुल्यो है लगायत सिर्जना दिएका छन् । आधुनिक, भजन, स्वदेशगान, लोकगीत र नेपाल भाषाका गरी उनका करिब चार सय गीत रेकर्ड भएका छन् ।
पन्नाकाजीका चार छोरा र एक छोरी छन् । दुई पुत्र प्रवेशमान शाक्य र पवित्रमान शाक्य गायन क्षेत्रमै क्रियाशील छन् ।उनको बुधबारै टेकु दोभानमा दाहसंस्कार गरिएको छ । उनी संसारबाट विदा भए पनि उनले श्वर भरिएका गीतहरुले हामीलाई सधैँ उनको स्मरण गराइरहनेछ ।
उही गीतमा बनाइएको अर्को भिडियो

Post a Comment

0 Comments