लखनउ, पुस ।
भारतको उत्तर प्रदेशका मुख्य मन्त्री अखिलेश यादवलाई समाजवादी पार्टीको अध्यक्ष घोषणा गरिएको छ। लखनउमा जारी सो पार्टीको विशेष राष्ट्रिय अधिवेशनमा बोल्दै पार्टी महासचिव रामगोपाल यादवले अखिलेश पार्टीको राष्ट्रिय अध्यक्ष भएको घोषणा गरेका हुन् । यसअघि अखिलेशका बुवा मुलायमसिंह यादव समाजवादी पार्टीका अध्यक्ष रहेका थिए।
विशेष अधिवेशनमा बोल्दै अखिलेश यादवले पार्टीमा नेताजी (मुलायमसिंह यादव) को भूमिका अहम रहने बताए। उनले मुलायमसिंहका नजिकका मान्छेले उनलाई गुमराहमा राख्न सक्ने बताए। अधिवेशनले अखिलेशका काका शिवपाल यादवलाई पार्टीको राज्य अध्यक्ष पदबाट हटाउने र अमरसिंहलाई पार्टीबाट निष्काशन गर्ने निर्णय पनि गरेको छ।
अधिवेशनमा मुलायमसिंह यादव अनुपस्थित थिए। यसअघि मुलायमसिंहले महासचिव रामगोपालले डाकेको विशेष अधिवेशनमा सहभागी नहुन कार्यकर्तालाई आग्रह गरेका थिए।
अर्को महिना हुने युपी विधानसभा चुनावमा पार्टीका उम्मेद्वार चयनको विषयमा बाबु र छोरा पुस्ताबीच विवाद बढेपछि शुक्रबार मुलायमसिंहले अखिलेशलाई ६ वर्षका लागि पार्टीबाट निष्काशन गरेका थिए।
तर शनिबार करिब २०० सांसदले आफूहरु अखिलेशको पक्षमा रहेको बताएपछि मुलायमसिंहले अखिलेशलाई पार्टीबाट निकाल्ने निर्णय फिर्ता गरेका थिए।

0 Comments