Ticker

6/recent/ticker-posts

उपाधिका लागि आर्मी र पुलिसको भीडन्त हुने

काठमाडौं, माघ । राजधानीमा जारी दोस्रो रुस्लान कप टी–२० क्रिकेटको उपाधिका लागि दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस भिड्ने भएका छन् । सोमबार भएको दोस्रो सेमिफाइनलमा सुदूरपश्चिमाञ्चल क्रिकेट एकेडेमीलाई ७० रनले पराजित गर्दै आर्मी फाइनलमा पुगेको हो । अब आर्मीले उपाधिका लागि मंगलबार अर्को विभागीय टोली पुलिसको सामना गर्नेछ ।

कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा आर्मीले दिएको १८८ रनको विजय लक्ष्य पछ्याएको सुदूरपश्चिमाञ्चल क्रिकेट एकेडेमीले निर्धा्रित २० ओभरमा ७ विकेट गुमाएर ११७ रन मात्र जोड्न सक्यो । सुदूरपश्चिमाञ्चल क्रिकेट एकेडेमीका बिजय रानाले ३८ तथा रोमन बामले २५ रन बनाए । आर्मीका अविनास कर्णले ३ तथा सागर पुन र जितेन्द्र मुखियाले २–२ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धा्रित २० ओभरमा ६ विकेट गुमाएर १८७ रन जोडेको थियो । आर्मीका लागि सागर पुनले ५७ रन जोडे । त्यस्तै राजेश पुलामीले ५५ तथा अनिल कुमार मण्डलले ३० रन जोडे । सुदूरपश्चिमका अमित पडेलले दुई विकेट लिए ।

यसैबीच सोमाबार नै भएको पहिलो खेलमा न्यु होराइजन क्रिकेट क्लबलाई पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लब राजधानीमा जारी दोस्रो रुस्लान कप टी–२० क्रिकेटको फाइनलमा प्रवेश गरेको हो ।  सोमबार भएको पहिलो सेमिफाइनलमा न्यु होराइजनलाई ७ विकेटले पराजित गर्दै पुलिस उपाधि नजिक पुगेको हो । कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा न्यु होराइजनले दिएको ८३ रनको झिनो लक्ष्य पुलिसले १७ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा ग¥यो। पुलिसको जीतमा सुनिल धमलाले ३६ तथा योगेन्द्र कार्कीले अविजित २० रन जोडे । न्यु होराइजनका सुशन भारीले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ्को निम्तो पाएको न्यू होराइजनले २० ओभरमा अलआउट हुँदै ८२ रन जोडेको थियो । न्यु होराइजनका लागि कृष्ण कार्कीले अविजित २५ तथा शंकर रानाले १६ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन । पुलिसका लागि दीपेन्द्र एरीले ३ विकेट लिए ।

Post a Comment

0 Comments