Ticker

6/recent/ticker-posts

विमान अवतरण गर्नै लाग्दा कुकुरको एक हुल धावन मार्गमै पसेपछि......

काठमाडौ, माघ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा विमान अवतरण गर्ने बेलामा कुकुरको एक हुल धावन मार्गमा देखिएपछि विमान ओभर सुट गरिएको छ । दिउँसो साढे २ बजे मलेसियाबाट आएको एयर एसियाको विमान अवतण गर्ने बेलामा धावन मार्गमा कुकुर कुदेका थिए ।
तीन वटा कुकुर धावनमार्गमा देखिएपछि पाइलटलाई ओभरसुटको लागि जानकारी गराएका कारण कुनै दुर्घटना हुन नपाएको विमानस्थलले जनाएको छ ।
कुकुर विमानस्थलको धावनमार्गमा देखिनासाथ सिकारीले बन्दुक पड्काउँदै कुकुर धपाएका थिए । कुकुर कहाँबाट धावनमार्गसम्म पुगे भन्ने जानकारी आफूले नपाएको विमानस्थलका अधिकारीहरुले जनाएका छन् ।
नेपाल आर्मी, प्रहरीको मेस विमान स्थलभित्रै भएकाले खानेकुरा खान कुकुर विमानस्थल छिरेको हुन सक्ने ती अधिकारीको भनाई छ ।
पहिला पनि यस्ता घटना भइरहेको र कुकुर समात्दै लगेर छोड्ने गरेकाले केही कमी भए पनि फेरि यस्तो देखिएपछि विमानस्थलले सिकारी लगाएर कुकुर हटाउन आदेश दिइसकेको छ ।

Post a Comment

0 Comments