Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

चितवन,पुस ।
प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन विधेयक पेश गर्दा एमालेले गरेको विरोध सहमति अनुसार नै भएको दाबी गरेका छन् । एमालेले संसदमा अवरोध गर्ने र सरकारले संशोधन प्रक्रिया अघि बढाउने सहमति भएको भन्दै उनले बाहिर राजनीतिक किचलो जस्तो देखिए पनि आन्तरिक रुपमा सबै कुरा मिलिसकेको दाबी गरे । प्रधानमन्त्री दाहालले भनेः‘ एग्री टु डिसएग्री अनुसार संसदमा एमालेले अवरोध गरेको हो । संयुक्त सरकार भएपछि केही अप्ठ्याराहरु अवश्य हुन्छन् । हामीले एडजस्ट गर्नुपर्ने अवस्था आइपर्छ । त्यही एडजस्ट गरेको मात्रै हो ।’
आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको वान टु वान वार्तामा समझदारी कायम गर्दै अघि बढ्ने सहमति भएको उनले दाबी गरे । बाहिर आएको जस्तो एमालेसँग कुनै असमझदारी नभएको दाहालको भनाई छ ।
पूर्व प्रतिवद्धता विपरित रिबन काट्ने काममा किन हिँडेको भन्ने पत्रकारको जिज्ञासामा प्रचण्डले आफू विकास निर्माणको कामका लागि देश दौडाहामा लागेको बताए ।उनले भनेः‘रिवन काट्ने कार्यक्रममा गएको होइन । पूर्व मेचीदेखि महाकालीसम्म जहाँ पुगेको छु । बिकास निर्माणलाई गति दिनका लागि पुगेको छु । प्रचण्ड पुग्दा रिवन काट्ने कार्यक्रम बन्नु स्वभाविक हो ।’
एक अर्को प्रशंगमा प्रधानमन्त्री दाहालले पहिले जसरी अहिले आफूले सजिलै सरकार नछाड्ने बताएका छन् । प्रेस सेन्टर चितवनले सोमबार भरतपुरमा विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाटमा प्रधानमन्त्री दाहालले पहिला जस्तो सजिलै राजीनामा नदिने बताए ।
उनले अगाडी भनेः‘म पहिलाको जस्तो सजिलै राजीनामा दिनेछैन, तपाईं हेर्दै जानुस् कति समय जान्छ,समय अवधिको कुरा मात्रै होइन, काम पनि हेर्नुपर्छ । हामीले काम गर्दै गएका छौं ।’ उनले संविधानको पूर्ण कार्यान्वयन गरेर मात्रै सरकार छाड्ने दावी गरे ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply