Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

नन्दऋषि जैसी
तनहुँ, १० माघ – महानायक राजेश हमाललाई तनहुँमा भव्य स्वागत गरिएको छ । जामुनेस्थित राधा माध्यामिक विधालयको ३६ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसर पारर त्यहाँ पुगेका महानायक हमाललाई स्थानीयल भव्य स्वागत गरेका हुन् ।

घाँसी आदर्श समाज नेपालले निर्माण गरेको उक्त विद्यालयको भवन हस्तान्तरण तथा उद्घाटन कार्यक्रमका लागि महानायक हमाल त्यहाँ पुगेका थिए । जामुनेमा हमाल पुग्दा  स्थानियले अबिर र मालाले भव्य स्वागत गरे । स्थानीयले हमाललाई लगाइदिएको मालाले उनको अनुहार नै छोपिएको थियो ।

घाँसी आदर्श समाज नेपालले राधा माविको नयाँ निर्मित चार कोठे भवनको उद्घाटन तथा हस्तान्तरण कार्यक्रमका लागि  हमाललाइ विशिष्ट अतिथिको रुपमा त्यहाँ लगेको हो । महानायक हमालले उक्त भवनको उद्घाटन गर्दै छोटो मन्तव्य राखेका थिए ।

कार्यक्रममा बोल्दै हमालले सुरक्षित विद्यालय भवन पनि शिक्षा क्षेत्रमा महत्वपूर्ण अंग भएको  र  शैक्षिक क्षेत्रमा विद्यमान समस्या समाधान को लागी घाँसी नेपालको अभियानले महत्वपूण भुमिका खेलेको हुँदा आफू यस संस्थमा जोडिन पुगेको जानकारी दिए । 

कार्यक्रममा घाँसी नेपालका अध्यक्ष माधवप्रसाद घिमिरेले आफू जन्मेकै स्थानबाट सुरु भएको यो अभियान अफ्नो जिवनकालमा नेपाल भरी सञ्चालन गर्ने उद्देश्य रहेकोले यो अभियान दुर दराज र विपन्न समुदायमा केन्द्रित हुने बताए । उनले आफूहरुको अभियानमा हातमालो गर्न समेत आग्रह गरे । अहिलेसम्म पाएको साथ र सहयोगको सह्रान गर्दै आगामी दिनमा पनि उस्तै साथ र सहयोगको समेत अपेक्षा राखे ।

त्यस्तै कार्यक्रममा उपस्थित भएका जिल्ला शिक्षा अधिकारी टोपबहादुर श्रेष्ठले घाँसी नेपालले गरेको काम उदारणीय भएकोले बताए । उनले आगामि दिनमा पनि सहयोगी भावनाले काम गर्ने जुनसुकै संस्थालाइ आफूहरुको साथ र सहयोग सदैव रहने बताए ।

अन्य वक्ताहरुको कुरा भन्दा पनि हमाललाई कुरेर बसेका स्थानीयले मन्तव्यलाई विशेष चासोका साथ लिएका थिए । सधैँ चलचित्रको पर्दामा मात्र देखेका हमाललाई फेस टु फेस हेर्न पाउने भएपछि कार्यक्रम स्थलमा सयौंको संख्यामा स्थानीयहरु उपस्थित हुनु स्वभाविक नै थियो ।

कार्यक्रममा हमालले मन्तव्य मात्रै राखेनन् आफ्नो अभिनय रहेको केही चलचित्रका ‘डायलग’ पनि सुनाएका थिए । उनको मन्तव्यको उपस्थित स्थानीले निकै नै प्रसंशा गरे । त्यतिमात्र नभएर उनले बोलेका संवामा हुटिङ र तालीले कार्यक्रमको शोभा बढाएको थियो ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply