Ticker

6/recent/ticker-posts

दीपक–दीपा किन पुगे प्रहरी शरणमा....?

काठमाडौ,माघ ।
यूरोपबाट फर्किए लगतै नेपाली चलचित्र ‘छक्का पन्जा’ का निर्माता तथा कलाकार दीपकराज गिरी र निर्देशक दीपाश्री निरौला प्रहरी परिसर, गौशाला पुगेका छन् । उनीहरुले महानगरिय प्रहरी परिसर, गौशाला पुगेर छानविनको माग गरेका हुन् ।
‘छक्का पन्जा’ पाइरेसी गरेको आरोप लागेका नवलपरासीका कृष्ण सुवेदीले केहि दिन अगाडि आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेका थिए ।
यसपछि, सामाजिक संजाल र केहि मिडियामा निर्माता दीपकराज गिरीको धम्कीका कारण कृष्णले आत्महत्या गरेको भन्दै खबर फैलिएको थियो ।
प्रहरी परिसरमा छानविनको माग गर्दै निवेदन दिएपछि संचारकर्मीसँग कुरा गर्दै दीपकले यो घटनामा आफ्नो एक प्रतिशत पनि हात भएको खण्डमा सजायँ भोग्न तयार भएको बताए । उनले, कृष्णको आत्महत्याको छानविन गरि वास्तविकता सार्वजनिक गर्न प्रहरीलाई निवेदन दिएको बताए । आम जनतामा यसको वास्तविकता आउन जरुरी भएको उनको भनाई थियो ।

Post a Comment

0 Comments