Ticker

6/recent/ticker-posts

बलात्कारको आरोपमा एक प्रधानाध्यापक पक्राउ

बैतडी, माघ । बैतडीको सलेना गाविसकी महिलालाई बलात्कार गरेको आरोपमा एक प्रधानाध्यापक पक्राउ परेका छन् ।

 पक्राउ पर्नेमा सुदर्शन मावि लिखोडाका प्रधानाध्यापक सलेना गाविस-२ मलिकुलका ५२ वर्षका रामबहादुर चन्द रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक धर्मानन्द भट्टले जानकारी दिनुभयो ।

अभियुक्त चन्दले गएको १३ गते राति महिलाको घरमै गएर बलात्कार गरेको भनी आफन्तले उजुरी दिएपछि पह्ररीले सोमबार उनलाई पक्राउ गरेको हो ।

Post a Comment

0 Comments