Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, पुस । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिक गतिरोध अन्त्यका लागि संविधान संशोधन मार्फत असन्तुष्ट पक्षलाई चुनावमा ल्याउनुपर्ने बताएका छन् । नेपाल सांस्कृतिक संघले काठमाडौंमा शनिबार गरेको कार्यक्रममा नेता सिंहले धेरै कुरा नगरेर संविधान संशोधन गरी सबैलाई मिलाएर चुनावमा सामेल गराउनुपर्ने धारणा राखेका हुन् ।

नेता सिंहले संविधानमा हस्ताक्षर नगरेको ९ प्रतिशतको समूहले ‘संविधान मान्न तयार छु’ भन्छ भने संशोधन गरेर मूल प्रवाहमा ल्याउनु पर्ने बताए । संविधानसभामा रहेका ९१ प्रतिशतको हस्ताक्षरमा नयाँ संविधान जारी भएको भन्दै नेता सिंहले ९ प्रतिशतले मात्रै हस्ताक्षर नगरेको बताए । तर त्यो ९ प्रतिशतले पनि संविधान मान्छु भन्छ भने सहमतिमा संविधान संशोधन गर्नुपर्ने मनसायमा सरकार उभिनुपर्ने बताए ।

नेता सिंहले– संविधान कार्यान्वयनका लागि सबै दलहरु एकमत हुनेपर्ने बताए । उनले भने– ‘संविधान जे–जसरी जारी भए पनि संविधान कार्यान्वयनका लागि सबै एकमत हुनुपर्छ, यसका लागि संविधान संशोधन गर्नुपर्छ ।’
 मुलुकको राजनितिक गतिरोध लम्बिँदा विकास निर्माणका कामले गति लिन नसकेको यर्थाथ हामीसामु रहेको हुँदा अब जसरी भए पनि संविधान कार्यान्वनमा लाग्नुपर्ने तर्क राखे । उनले तीन वटै निकायको चुनाव यथासमयमा सम्पन्न गर्न पनि दलहरु एक ठाउँमा उभिनुपर्ने बताए ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply