Ticker

6/recent/ticker-posts

निजामति कर्मचारी युनियनको अध्यक्षमा गोपाल पोखरेलको सशक्त उम्मेदवारी

काठमाडौ,माघ ।
कांग्रेस निकट नेपाल निजामति कर्मचारी युनियन(संघ) को अध्यक्षमा वरिष्ठ उपाध्यक्ष गोपाल  पोखरेल देश दौडामा निस्किएका हुन । सामाजिक जीवनमा स्वच्छ छवी र व्यवसायिक रुपमा उत्कृष्ट कार्यसम्पादन क्षमता भएका पोखरेलले यस अघि महासचिव र वरिष्ठ उपाध्यक्ष भएर आफ्नो क्षमता प्रदर्शन गरिसकेका छन ।
सहकारीको माध्यमवाट संगठनात्मक गतिविधिलाइ अभिवृद्धि गर्दै आधिकारिक ट्रेड युनियनको निर्वाचनमा युनियनलाई एक नंवरमा ल्याउने रणनीतिक नारा र कार्ययोजना सहित चुनावी गतिविधिमा होमिएका पोखरेललाई पूर्व अध्यक्ष भवानीप्रसाद थानी,भानुभक्त ढकाल लगायतको समर्थन छ ।
युनियनको चुनाव आगामी फागुन २२ वाट चितवनमा हुदैछ । पोखरेल मत माग्दै देशका ३७ वटा जिल्ला दौडाह समापन गरेर फेरि वांकि जिल्लाको भ्रमणमा निस्किएका छन् । पोखरेलले आक्रमक भेटघाट र रणनीतिक अभियान थाले पनि उनीसंग कस्को प्रतिष्पर्धा हुने टुंगो लागेको छैन ।
श्रोतका अनुसार उनलाई सर्वसम्मत अध्यक्ष वनाएर वांकी पदमा मात्रै चुनाव ह्ुने संभावना वलियो देखिएको छ ।  कतिपयले वर्तमान महासचिव शरद अधिकारीलाई वरिष्ठ उपाध्यक्षमा ल्याएर पदाधिकारी समेत सर्वसम्मत गर्ने प्रयाश थालेका छन ।
अर्का उपाध्यक्ष जित वहादुर मडैले अध्यक्षमा चाहना राखेपनि उनको सेवा अवधि १५ महिना मात्र रहेकाले उनी चुनावी मैदानमा देखा नपर्ने भएका छन । युनियनको यो एकताको महाधिवेशन हो ।

Post a Comment

0 Comments