Ticker

6/recent/ticker-posts

संसद बैठक २४ गतेसम्मलाई स्थगित,गतिरोध हट्ने संकेत

काठमाडौ, पुस ।
सर्वोच्च अदालतको आदेशसँगै संसदको अवरोध अन्त्य गर्न प्रतिपक्ष दल नेकपा एमालेसहितका अन्य दलहरु सकारात्मक देखिएका छन् । व्यवस्थापिका संसदको मंगलबारको बैठक स्थगित गरी पुस २४ गते राख्न संसदको कार्य व्यवस्था परामर्श समितिले सभामुख ओनसरी घर्तीलाई सुझाव दिएपछि सूचना टाँसेर बैठक स्थगन भएको छ ।
परामर्श समिति बैठकमा सभामुखले कानुनमन्त्री अजयशंकर नायकले बोल्न खोज्दा उनलाई रोकेर दलका नेताहरुलाई पर्याप्त छलफल गर्न २४ गतेसम्मको समय दिने निर्णय सुनाइृन् ।
बैठकमा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले अदालतको आदेशको सार एमालेको निर्णय बमोजिम नै आएको दाबी गर्दै शीर्ष तहमा छलफल गर्नका लागि २४ गतेसम्मको समय दिनु उपयुक्त हुने राय राखेका थिए ।
नेम्वाङको प्रस्तावमा कांग्रेस नेता रामचन्द्र पौडेलले पनि सहमति जनाए । दलहरु सहमतिको दिशामा अघि बढेको मंगलवारको बैठकले संकेत गरेको उनले बताए । सभामुख घर्तीले दलहरुलाई सहमतिको लागि समय दिनकै लागि मंगलबार बस्ने भनिएको संसद बैठक स्थगित गरेर २४ गते दिउँसो १ बजे बोलाइएको स्रोतले जनाएको छ ।
यसैबीच सत्तापक्ष र विपक्ष दुवैले आ–आफ्नो अनुकुल माहौल बनाउने समय पाएका छन् । संसदको अवरोध भने अब कुनै न कुनै रुपमा हट्ने संकेत मिलेको एमाले स्रोत नै बताउँछ ।
संसदको कार्यव्यवस्था परामर्श समितिको बैठकमा तेस्रो सत्तारुढ घटक राप्रपाले भने एमाले र मधेसी मोर्चा सहितको राष्ट्रिय सहमतिको सरकार गठनको प्रस्ताव अघि सारेको छ ।

Post a Comment

0 Comments