Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

जुम्ला, पुस ।
चन्दननाथ मन्दिरबाट चोरी भएका मूर्तिहरु वेवारिसे अवस्थामा फेला परेका छन् । जुम्ला देपालगाउँ ३ रोकायावाडाको वाटोमा १४ वटा मूर्ति र दुई वटा शंख वेवारिसे अवस्थामा फेला परेका हुन् ।
बिहान ५ बजे स्थानीय माया गिरी दाउरा ल्याउन जंगल जाँदै गर्दा बाटोमा मूर्तिहरु छरिएर रहेको देखेपछि प्रहरीलाई खबर गरिएको थियो । माया गिरीले बजार बस्ने आफ्ना नातेदार मेघराज गिरीलाई फोन गरी प्रहरीलाई खवर गरिदिन भनेकी थिइन् ।
एक महिना अघि कर्णालीको धरोहरको रुपमा रहेको चन्दननाथ मन्दिरबाट मुख्य दत्रात्तय लगायतका २१ वटा मूर्ति चोरी भएका थिए । चन्दनाथ मन्दिरबाट चोरी भएका गौतम बुद्ध, सरस्वती, वालगोपाल, बुद्धको सानो मूर्ति लगायत १४ वटा मूर्ति बाटो र खोलामा बेवारीसे अवस्थामा फालिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । यि मूर्ति चन्दनाथका भएको स्थानीय तारासिंह कठायतले वताए ।
अन्य मूर्तिहरु त्यही आसपासमा हुन सक्ने भन्दै प्रहरीले थप खोजी कार्य तीव्र पारेको छ । गत मंसिर ११ गते मूर्ति चोरी भएदेखि प्रहरीले खोजी कार्य सुरु गरेको थियो ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply