Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

सन्ताेष गाैतम
म्याग्दी- सन २०१६ मा म्याग्दीको घोडेपानी र कास्कीको घान्द्रुक क्षेत्रको भ्रमणमा आउने पर्यटकको संख्या ३१ प्रतिशतले वृद्धी भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) ईलाका कार्यालय घान्द्रुकका अनुसार सन २०१५ को तुलनामा सन २०१६ मा घोडेपानी घान्द्रुक क्षेत्रको भ्रमणमा आउने पर्यटकको संख्या ३१.२४ प्रतिशतले बढेको हो । 

सन २०१६ को जनवरी देखि डिसेम्बर महिनासम्म घोडेपानी, घान्द्रुक, अन्नपूर्ण बेसक्याम्प क्षेत्रमा ४७ हजार २४७ बाह्य पर्यटकले भ्रमण गरेका कार्यालयका प्रशासन सहायक आनन्द सुवेदीले जानकारी दिनुभयो । सन २०१५ मा ३६ हजार र २०१४ मा ४२ हजार जना पर्यटक यस क्षेत्रको भ्रमणमा आएका थिए । बिरेठाँटी र शिख चेकपोष्ट मार्फत घोडेपानी, घान्द्रुक क्षेत्रको पदयात्रामा आउने र फर्कने पर्यटकको विवरण सहितको तथ्याङ्क राख्ने गरिन्छ । 
म्याग्दीको घार गाविस १ मा पर्ने घोडेपानी, पुनहिल र कास्कीको घान्द्रुक अन्नपूर्ण चक्रिय पदमार्गको प्रमुख गन्तब्य हो । अक्टोबरमा सबैभन्दा धेरै आठ हजार १०० र जुनमा सबैभन्दा कम एक हजार ८२ जना पर्यटकले भ्रमण गरेका छन् । 

सन २०१६ को सुरुका महिनामा नाकाबन्दीले असर गरेपछि अन्य समयमा पर्यटक आगमन उत्साहजनक रहेको एक्याप घान्द्रुकका प्रमुख बिदुर कुईकेलले बताउनुभयो । भुकम्पले असर नगरेको र सुरक्षित रहेको सन्देश प्रवाह भएकाले समेत पर्यटक आगमन बढेको उहाँको भनाई छ । 

पर्यटकीय नगरी पोखराको नजिक पर्ने भएकाले घोडेपानी घान्द्रुक पदमार्ग छोटो समयको पदयात्रा गर्ने पर्यटकको लागि आकर्षक गन्तब्य मानिन्छ । अन्नपूर्ण आधार शिवीर र घोडेपानी धेरै पर्यटकको रोजाईको गन्तब्य हो । 

मगर, गुरुङ बस्ती, उनिहरुको कला, संस्कृती जिवनशैली, हिमशृङखला, सुर्योदय, लालीगुराँसको जंगल, एकान्त वातावरण यस पदमार्गको मुख्य बिशेषता हो । घान्द्रुक घोडेपानी क्षेत्रमा चिनीया, फ्रेन्च, कोरीयन र मलेसीयन पर्यटक बढी मात्रामा आउने गरेका छन् । म्याग्दी, मुस्ताङ, कास्की, लमजुङ र मनाङ जिल्लालाई समेटीएको अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गर्न सार्क राष्ट्रका नागरीकले प्रतिव्यक्ति दुई सय र अन्य मुलुककाले प्रतिव्यक्ति दुई हजार रुपैयाका दरले सरकारलाई शूल्क तिर्नुपर्छ । 

सन २०१७ को सुरुवातसंगै विश्व प्रसिद्ध पर्यटन गाईड पुस्तक लोन्ली प्लानेटले घोडेपानीको पुनहिललाई नेपालको घुम्नै पर्ने दश पर्यटकीय स्थलमा समावेश गरेपछि यस क्षेत्रका पर्यटन व्यवसायी थप उत्साहीत भएका छन् ।  

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply